२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

काठमाडौं ।
नेपाली भाषा, धर्म, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ MBS Event Management Pvt. Ltd. ले ‘Miss & Mrs. Multitalent Nepal–2026’ सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ। आधुनिक सौन्दर्य प्रतियोगितालाई नेपाली मौलिकता र सांस्कृतिक पहिचानसँग जोड्दै राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको देश भएकाले यहाँका विभिन्न जातजातिका मौलिक भाषा, संस्कार, कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको आयोजकको भनाइ छ। यस्ता कार्यक्रमले युवापुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति सचेत बनाउने विश्वास गरिएको छ।
आयोजकका अनुसार विश्वभर छरिएर रहेका नेपाली समुदायलाई समेत नेपाली भाषा, धर्म, कला र संस्कृतिको जगेर्ना गर्ने सन्देश दिन यस प्रतियोगिता महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ। साथै लोप हुन लागेका मौलिक भाषा, कला र परम्परागत ज्ञानको संरक्षणमा समेत यसले योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।
नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक भएकाले यहाँको प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक विविधता पनि पर्यटनको महत्वपूर्ण आधार मानिन्छ। यही सन्दर्भमा नेपाल पर्यटन वर्ष २०२६ लाई सफल बनाउन विभिन्न जातजातिका मौलिक संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रचार–प्रसार आवश्यक रहेको आयोजकले जनाएको छ। यस प्रकारका कार्यक्रमले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
उक्त ‘Miss & Mrs. Multitalent Nepal–2026’ कार्यक्रम २०८२ साल चैत्र २१ गते शनिबार दिउँसो २:०० बजे काठमाडौंमा आयोजना हुने तय गरिएको छ। कार्यक्रमको समाचार संकलन तथा प्रसारणका लागि विभिन्न सञ्चारमाध्यमलाई आयोजकले सादर निमन्त्रणा दिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।