
काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद र नयाँ प्रयोग खोज्नेहरूका लागि गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ विशेष उपहार बनेर आएको छ। नेपाली र भोजपुरी भाषाको संयोजनमा निर्माण गरिएको गीतले सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।
तृष्णा फिल्मस् नेपालको ब्यानरमा तयार गरिएको गीतले नेपाली समाजको बहुसांस्कृतिक स्वरूपलाई संगीतमार्फत प्रस्तुत गरेको छ। गीतमा रहेको भावनात्मक प्रस्तुति, सुन्दर शब्द संयोजन र आकर्षक संगीतले श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुली, विनोद नेपाली, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियाली, बिमला परियार, व्यवसायी मिनबहादुर पहरी, मोडल अशोक कोइराला लगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बारा जिल्लाको कोल्बी बजारमा छायांकन गरिएको भिडियोले स्थानीय संस्कृति, रहनसहन र प्राकृतिक सौन्दर्यलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। कलाकार अग्नि राना मगर र दिब्या बयलकोटीको अभिनयले गीतको भावनालाई अझ गहिरो बनाएको छ।





