२०८३ कार्तिक १२ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १२ बुधबार

काठमाडौं । नेकपा एमालेमा जाने सहमति हुन नसकेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ समाजवादी जागरण अभियान घोषणा गरेका छन्।

खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफू नेकपा परित्याग गरेको घोषणा गर्नुका साथै नयाँ समाजवादी जागरण अभियान अघि बढाउने जानकारी दिएका हुन्।

खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीति पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन र पुनर्संरचनासम्मका विषय समेटिएका छन्।

खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन्।

भेलाबाट पारित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन तथा पुनर्संरचना गर्दै वैचारिक र राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहलाई आग्रह गरिएको छ।

त्यस्तै, खनालले विभिन्न कम्युनिस्ट समूह तथा क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा अघि बढ्ने बताएका छन्।

प्रस्तावमा कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन तथा एकीकरणको प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ।

यसअघि तत्कालीन नेकपा समाजवादी र माओवादीबीच एकताको प्रक्रियाका क्रममा खनाल एमाले प्रवेशका लागि अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवाससमेत पुगेका थिए। तर एमालेमा जाने विषयमा सहमति बन्न नसकेपछि खनालले नयाँ राजनीतिक अभियान अघि बढाएका हुन्।

खनालको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो। उक्त भेलाबाट पारित प्रस्तावहरू सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।