२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइ माग गर्दै एमालेको देशव्यापी आन्दोलन घोषणा

काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी  एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आज बसेको एमाले सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टीले सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै यसलाई लोकतन्त्र र विधिको शासनविपरीत भएको दाबी गरेको छ।
बैठकले तय गरेका कार्यक्रमअनुसार आजै देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद तथा सहकार्य गर्ने निर्णय समेत गरेको छ। साथै नागरिक समाज र आम जनसमुदायसँग मिलेर आन्दोलनलाई थप सशक्त बनाउने योजना रहेको छ।
पार्टीले आफ्ना शीर्ष नेताको गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको आरोप लगाउँदै तत्काल रिहा नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।