२०८३ आश्विन १२ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १२ सोमबार

रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ मा बडा दशैंको अवसरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
सुनापती गाउँपालिका वडा नं. ४ को प्रायोजन तथा स्याउरीझ्यान खेलकुद विकास समितिको आयोजनामा २०८३ कार्तिक १, २ र ३ गते स्याउरीझ्यानमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। खेलकुदमार्फत आपसी सद्भाव, सामुदायिक एकता र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नुका साथै स्थानीय प्रतिभाशाली खेलाडीको पहिचान तथा छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता विवरण:
मिति: २०८३ कार्तिक १, २ र ३ गते
स्थान: स्याउरीझ्यान, सुनापती गाउँपालिका वडा नं. ४, रामेछाप
प्रायोजक: सुनापती गाउँपालिका वडा नं. ४
आयोजक: स्याउरीझ्यान खेलकुद विकास समिति

टिम दर्ता शुल्क: रु. ३,०००

पुरस्कार:
प्रथम: रु. ५०,०००,द्वितीय: रु. ३०,०००,तृतीय: रु. २०,०००,सान्त्वना: रु. १०,०००

व्यक्तिगत पुरस्कार:
Best Player,Best Spiker,Best Libero,Best Setter,Best Server

टिम दर्ता तथा थप जानकारीका लागि
Roj Ghising: 9803354516,Sumesh Tamang: 9813117138,Nir Kumar Tamang: 9860652356,Shamsher Tamang: 9702235667
आयोजकले वडा नं. ४ का खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागिता जनाई सफल बनाउन आग्रह गरेको छ।

नुवाकोट । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–९, त्रिशूलीपारिका दुईवटा होल्डिङ सेन्टरमा वाईसियल नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ।

नेकपाका युवा नेता तथा पूर्वसांसद राजन दाहालको नेतृत्वमा पुगेको टोलीले होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको हो।

बाढीका कारण प्रभावित बनेका स्थानीयको अवस्था बुझ्दै टोलीले आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत तथा उद्धार अभियानलाई निरन्तरता दिइएको वाईसियल नेपालले जनाएको छ।

यसअघि पनि वाईसियल नेपालका अध्यक्ष पुष्प ओलीको नेतृत्वमा टोली रसुवा पुगेर बाढी प्रभावित क्षेत्रमा राहत वितरणसँगै उद्धार कार्यमा समेत सक्रिय भएर फर्किएको थियो।

वाईसियल नेपालले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने जनाएको छ।

धादिङ । नेपाल तरुण दलले विपद्को कठिन परिस्थितिमा स्वास्थ्य संस्थाको सरसफाइ तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै बैरेनी अस्पतालमा सरसफाइ तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल तरुण दल केन्द्रबाट खटिएका तरुण स्वयंसेवकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा अस्पताल परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक स्थानहरूको व्यवस्थित गर्ने कार्य गरिएको हो।

कार्यक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाज्यू, नेपाल तरुण दलका जिल्ला अध्यक्ष रूपेश कुरुङज्यू लगायत केन्द्रबाट खटिएका तरुण साथीहरूको सहभागिता रहेको थियो।

विपद्को समयमा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले अस्पताल तथा सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापन अभियानलाई निरन्तरता दिइएको नेपाल तरुण दलले जनाएको छ।

मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल तरुण दलले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार, सरसफाइ तथा व्यवस्थापनका कार्यलाई निरन्तर अघि बढाउँदै आएको छ।

— पछिल्लो समय आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल तरुण दल सक्रिय रूपमा खटिएको छ।

बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरूको खोज तथा उद्धारसँगै आवश्यक राहत सामग्री उपलब्ध गराउने कार्यमा नेपाल तरुण दल निरन्तर जुट्दै आएको हो। विपद्को कठिन अवस्थामा पीडित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले तरुण दलका नेता तथा कार्यकर्ताहरू जोखिम मोलेरै उद्धार तथा राहत कार्यमा सक्रिय छन्।

यसैक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सञ्जय लामा, लमजुङका जिल्ला अध्यक्ष कुम्बासी गुरुङ, सोलुखुम्बुका जिल्ला अध्यक्ष अशोक झा, जिल्ला अध्यक्ष दिल तामाङ लगायत विभिन्न जिल्लाका अध्यक्ष तथा तरुण दलका प्रतिनिधिहरूको समन्वयमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

बाढीका कारण घर तथा बस्तीमा अलपत्र परेका नागरिकका घरायसी तथा महत्वपूर्ण सामानहरू सुरक्षित स्थानमा सार्ने कार्यमा समेत तरुण दलका स्वयंसेवकहरू खटिरहेका छन्।

विपद्को समयमा पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने उद्देश्यका साथ उद्धार, राहत र मानवीय सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाइने नेपाल तरुण दलका प्रतिनिधिहरूले बताएका छन्।

“विपद्मा नागरिकको साथमा उभिनु नै हाम्रो पहिलो जिम्मेवारी हो” भन्ने भावनाका साथ तरुण दलका कार्यकर्ताहरू प्रभावित क्षेत्रमा निरन्तर सेवामा जुटिरहेका छन्।

रसुवाका बाढी प्रभावितलाई तरुण दल अध्यक्ष मनिष कोइरालाबाट राहत सामग्री हस्तान्तरण
विपद्को यस कठिन घडीमा मानवीय सेवाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष आदरणीय श्री मनिष कोइरालाज्यूबाट रसुवा जिल्लाका बाढी प्रभावित नागरिकहरूका लागि राहत सामग्री हस्तान्तरण गरिएको छ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै तत्काल राहत, उद्धार तथा मानवीय सहयोगमा सक्रिय रहने उद्देश्यले राहत सामग्री हस्तान्तरण गरिएको हो।
विपद्का कारण कठिन परिस्थितिमा रहेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता नेपाल तरुण दलले जनाएको छ।
“मानवताको सेवामा तरुण दल सधैँ अग्रपंक्तिमा” भन्ने भावनाका साथ विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै राहत तथा उद्धारका कार्यलाई प्राथमिकतामा राखिएको छ।

रामेछाप । नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक एकता प्रक्रियाअन्तर्गत बागमती प्रदेशदेखि जिल्ला हुँदै स्थानीय तहसम्म एकता बैठक सम्पन्न भएका छन्। पार्टीको बागमती प्रदेश एकता बैठक सह–संयोजक माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा नेता नेपालले पार्टी एकतालाई व्यवहारमा कार्यान्वयन गर्दै प्रदेश, जिल्ला र वडा तहसम्म संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेता–कार्यकर्ताबीच एकता, सहकार्य र अनुशासन कायम गर्दै जनतासँग प्रत्यक्ष जोडिएर पार्टी गतिविधि अघि बढाउनुपर्ने धारणा राखेको बताइएको छ।

त्यसैगरी रामेछाप जिल्ला एकता समिति बैठक नेता शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। बैठकमा जम्कट्टेलले जिल्ला तहमा पार्टी संगठनलाई व्यवस्थित र चलायमान बनाउँदै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तहका जनताका समस्या र विकासका सवाललाई पार्टीको राजनीतिक गतिविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि उनले राखेका छन्।

यस्तै, रामेछापको सुनापति गाउँपालिका एकता बैठक नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सुनापति गाउँपालिकामा वडा नं. १ देखि वडा नं. ५ सम्म एकता बैठक सम्पन्न गरिएको हो।

बैठकमा नेता श्रेष्ठले पार्टी एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनलाई जनतामाझ स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय जनताको समस्या, आवश्यकता र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर संगठन निर्माण तथा राजनीतिक गतिविधि अघि बढाउनुपर्ने उनको धारणा रहेको बताइएको छ।

तीनै तहका बैठकमा पार्टी एकतालाई संस्थागत गर्ने, संगठन सुदृढ बनाउने, नेता–कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई
प्राथमिकता दिइएको जनाइएको छ।

यससँगै नेपाल कम्युनिस्ट पार्टीले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठनात्मक एकतालाई थप प्रभावकारी बनाउँदै आगामी राजनीतिक तथा जनमुखी अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको छ।

अध्यक्षज्यूको स्पष्ट निर्देशन : विपद्मा रसुवा पुगेर नागरिकको सेवामा खटिन तरुण दललाई आह्वान
— रसुवामा विपद्ले निम्त्याएको कठिन परिस्थितिबीच नेपाल तरुण दलले पीडित नागरिकको उद्धार, राहत तथा सेवामा सक्रिय रूपमा परिचालन हुन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
नेपाल तरुण दलका अध्यक्षले “एक जना पनि नागरिकलाई एक्लो महसुस हुन नदिन” आग्रह गर्दै जस्तोसुकै कठिन परिस्थिति भए पनि सम्भव भएसम्म रसुवा पुगेर विपद्मा परेका नागरिकको सहयोगमा तत्काल खटिन निर्देशन दिनुभएको छ।
विपद्का कारण सडक तथा यातायातको अवस्था चुनौतीपूर्ण रहे पनि तरुण दलको पहिचान नै संकटका बेला जनताको साथमा उभिनु भएको अध्यक्षको भनाइ छ। उहाँले राहत तथा उद्धारका लागि भाषण र आश्वासनभन्दा पनि प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिनुभएको छ।
अध्यक्षको निर्देशनसँगै नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उद्धार, राहत वितरण तथा आवश्यक मानवीय सेवामा सक्रिय हुन आह्वान गरिएको छ।
“अब भाषण होइन, मैदानमा उपस्थिति चाहिन्छ। अब आश्वासन होइन, प्रत्यक्ष सेवा चाहिन्छ,” अध्यक्षको निर्देशनमा भनिएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई साथ र सहयोग पुर्‍याउँदै “विपद्मा जनता, जनतासँगै तरुण दल” भन्ने भावनाका साथ मानवीय सेवामा जुट्न तरुण दलले प्रतिबद्धता जनाएको छ।

रसुवा, भदौ १० । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक ठूलो बाढी आएपछि टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बिहान करिब ९ बजेतिर एक्कासि आएको बाढीले टिमुरे बजार क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीले बजार, भन्सार क्षेत्र तथा आसपास रहेका संरचना र सवारीसाधनसमेत बगाएको बताइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेस्थित इलाका प्रहरी कार्यालय, स्याफ्रुबेँसी प्रहरी चौकी र रसुवागढी प्रहरी चौकीमा समेत ठूलो क्षति पुगेको छ। प्रहरी कर्मचारीहरूको अवस्थाबारे पनि विवरण संकलन भइरहेको छ।
बाढीका कारण एउटा जलविद्युत् आयोजना बगेको तथा चिलिमेलगायत अन्य जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।
यसैबीच बाढीको प्रभाव नुवाकोटसम्म पुगेको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्न सक्ने भन्दै रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ। क्षतिको विस्तृत विवरण संकलन तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।
थप विवरण आउँदैछ।

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ। परियोजनाको भव्य उद्घाटन वि.सं. २०८३ माघको तेस्रो साता गर्ने लक्ष्य राखिएको छ।

टुहुरा, विपन्न, अल्पसंख्यक तथा अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क सुरक्षित आवास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण, कम्प्युटर शिक्षा तथा आत्मनिर्भर जीवनका लागि आवश्यक सीप उपलब्ध गराउने उद्देश्यले सम्सारा घर निर्माण गरिएको हो।

हाल यहाँ १० जना बालबालिका आश्रित छन् भने आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क सेवा दिने लक्ष्य राखिएको छ।

सम्सारा घरलाई केवल बालबालिकालाई राख्ने आश्रयस्थलका रूपमा नभई उनीहरूलाई भविष्यका सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बनाउने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको छ। बालबालिकाले किताबी शिक्षासँगै नेतृत्व विकास, व्यावसायिक तालिम, जीवनोपयोगी सीप तथा उच्च शिक्षासम्मको अवसर प्राप्त गर्नेछन्।

परियोजनाका लागि चार रोपनी जग्गा दान गरिएको छ भने कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्न थप तीन रोपनी जग्गा खरिद गरिएको छ। परिवारको स्वामित्वमा रहेको थप खेतीयोग्य जमिनसमेत फाउन्डेशनलाई निःशुल्क प्रयोगका लागि उपलब्ध गराइएको छ।

परियोजनाअन्तर्गत गाई–भैंसीबाट दूध, बाख्राबाट मासु तथा कुखुराबाट मासु र अण्डा उत्पादन गर्ने योजना छ। आफ्नै जमिनमा धान, मकै, गहुँ, कोदो, तरकारी तथा मौसमी बाली उत्पादन गरिनेछ।

आवश्यकताभन्दा बढी उत्पादन भएका कृषि तथा पशुजन्य सामग्री स्थानीय बजारमा बिक्री गरी त्यसबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, तालिम तथा परियोजनाको विकासमा पुनः लगानी गरिनेछ। यसले परियोजनालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

सम्सारा घरमा सुरक्षित आवाससँगै २५० सिट क्षमताको बहुउद्देश्यीय सभाहल, खेल मैदान, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, स्वयंसेवक आवास तथा नेतृत्व विकास केन्द्र निर्माण गरिनेछ। पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला Rotary International Global Grant अन्तर्गत अमेरिकाको Fair Lawn Sunrise Rotary Club र नेपालको Fishtail Rotary Club, Pokhara को सहकार्यमा निर्माण भइरहेको छ।

सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ (करिब ६ लाख ७० हजार अमेरिकी डलर) रहेको छ। संस्थाका अनुसार यो भवन निर्माणमा गरिएको लगानी मात्र नभई नेपालका अवसरविहीन बालबालिकाको सुरक्षित, शिक्षित र आत्मनिर्भर भविष्य निर्माणका लागि गरिएको दीर्घकालीन सामाजिक लगानी हो।

परियोजनामा आर्थिक पारदर्शितालाई समेत प्राथमिकता दिइएको छ। प्राप्त नगद दान दैनिक सञ्चालनमा खर्च नगरी प्रत्येक बालबालिकाको नाममा बचत कोषमा सुरक्षित राखिने र माध्यमिक शिक्षा पूरा गरेपछि उच्च शिक्षा, व्यावसायिक तालिम वा भविष्य निर्माणमा प्रयोग गर्न उपलब्ध गराइने व्यवस्था गरिएको छ।

राजेन्द्र श्रेष्ठको सामाजिक अभियानको अर्को महत्वपूर्ण पक्ष सामाजिक उद्यमशीलता हो। श्रेष्ठ परिवारद्वारा सञ्चालित ARC Beauty Salon र Himalayan Fresh Water बाट हुने नाफाको ७५ प्रतिशत हिस्सा ARC for Nepal मार्फत नेपाल तथा अमेरिकामा सामुदायिक सेवा र बालबालिकाको भविष्य निर्माणमा समर्पित गरिएको संस्थाले जनाएको छ।

संस्थाले व्यवसायिक सफलतालाई समाजसेवासँग जोड्दै ‘आफू मात्र अघि बढ्ने होइन, अरूलाई पनि अघि बढ्ने अवसर सिर्जना गर्ने’ अवधारणालाई अभियानका रूपमा अघि सारेको छ।

सम्सारा घर उद्घाटनको तयारी अन्तिम चरणमा पुगेसँगै ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनले विश्वभर रहेका व्यक्ति, व्यवसायी, रोटरी क्लब, संघ–संस्था तथा दातृ निकायलाई अभियानमा सहयात्री बन्न आह्वान गरेका छन्।

परियोजनाबारे थप जानकारीका लागि ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठ (Ray) लाई (201) 519-2959 वा ray@arcfornepal.org मा सम्पर्क गर्न सकिने जनाइएको छ। थप जानकारी ARC for Nepal को आधिकारिक वेबसाइट बाट प्राप्त गर्न सकिन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।