

काठमण्डौ, नेपाल तेक्वान्डो संघ केन्द्रीय समितिद्वरा आयोजित तेक्वान्डो मास्टर लेवल चौथो , पाचौ तथा छैटौँ डान ब्लक बेल्ट परिक्षा सम्पन्न भएका छन । परिक्षा कार्तिक १४ र १५ गते सातदोबाटो स्थित तेक्वान्दो केन्द्रिय कार्यलयमा आयोजना गरेका थिए ।उक्त परिक्षामा रामेछाप सुनापति गाउपलिका भल्वाडी निवासी सुजन तामाङले चौथो डान ब्लक बेल्ट परिक्षा उत्तीर्ण गरेका छन। सुजन तामाङ बिगत लामो समय देखि बिभिन्न मार्शल आर्ट खेलमा आबद्द हुदै आएको छ।
सुजन तामाङ तेक्वान्दोको खेलाडी मात्रै होईन, उनी किकबक्सिङका पुर्व राष्ट्रिय च्याम्पियन तथा राष्ट्रिय रेफ्री पनि हुन। साथै मोईथाई खेल को रेड अर्म ब्यन्द तथा `सि´लेवल कोचिङ लाइसेन्स पनि लिएको छ। उनि यसअगाडी साउदिअरब को दमाम सहर को पावर जिममा मोईथाई तथा किकबक्सिङ खेलका प्रोफेस्नल कोच पनि भएको थिए। हाल उनि भक्तपुर जिल्ला किकबक्सिङ र द फिट ल्यब मोईथाई जिममा प्रमुख प्रशिक्षक भएर प्रशिक्षण सन्चालन गराउदै आएको छ।
काठमाडौं । सूचक प्रकाशनले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।
शिक्षासेवी केदारनाथ श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लवले गरेका थिए ।
उक्त कार्यक्रमको अवसरमा सूचक प्रकाशनले बिभिन्न १ दर्जन बिधाका स्रष्टाहरुलाई पुरस्कृत समेत गरेको थियो । जसमा लोमश वाङ्मय प्रतिष्ठानका सल्लाहकार रूबि सत्याल,आजीवन सदस्य विमल अर्याल,इन्दिरा सापकोटा, मोहम्मद जाकिर हुसेन, शैक्षिक अभियन्ता लालबहादुर चौधरी, कबा साप्ताहिकका संस्थापक सम्पादक तथा प्रकाशक निबन्ध आचार्य, समाजसेवी अनिल कुमार महर्जन, ऋषभदेव घिमिरे, विमला अधिकारी, मणिराज सिंह, बौद्ध साहित्यकार लोचनतारा तुलाधर साथै बौद्ध लेखक प्रा।डा। त्रिरत्न मानन्धर रहेका छन् ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले पठन संस्कार खिइँदै गएकामा दुःख व्यक्त गर्दै आज सम्मानित व्यक्तित्वहरू अत्यन्त अनुकरणीय भएकाले समारोहमा आफैँ सम्मानित भएको अनुभूति भएको बताए । घिमिरेले व्यक्ति व्यक्तिमा त अहङ्कार छँदै थियो अहिले त राज्यमा पनि अहङ्कार देखियो भन्दै हामी मान्छे भएर बाँच्नुपर्ने ज्ञानको खाँचो औँल्याए । अब आध्यात्मिक चेतनाको खाँचो भएको त होइन ? भन्ने प्रश्न तेस्र्याए । अहिले सूचकले गरेका कर्म अत्यन्त अनुकरणीय भएको दाबी गर्दै सबैको साथ र समर्थन सूचकलाई रहोस् भन्ने कामना गरे । भगवान्लाई सम्झेर जीवन बोध गरियो भने आजका अधिकांश समस्या छुमन्तर हुने जिकिर गरे । लेखक र समाजसेवीलाई उत्प्रेरित गर्ने सूचकलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवी केदारनाथ र लीलादेवीप्रति आफू नतमस्तक रहेको घिमिरेले खुलासा गरे ।
समारोहका विशेष अतिथि वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले आफूलाई सम्मानित गरेकोमा सूचकको सराहना गर्दै बौद्ध दर्शन, साहित्य र समग्र नेपाली साहित्यलाई एउटै कडीमा जोड्ने एकमात्र संस्था सूचक भएकाले यसको उन्नयन र समुत्थानका निम्ति सबैलाई आग्रह गरिन् । उनले अध्यक्ष दीपक भेटुवालको मुक्तकण्ठले प्रशंसा गरिन् ।
सम्मान समारोहमा उपस्थितजनहरूलाई सङ्क्षिप्त तथा न्यानो स्वागत गर्दै बौद्ध दर्शनका अध्येता श्यामलाल चित्रकारले आफू छैठौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थबिरबाट विशेष प्रभावित र प्रशिक्षित भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै स्रष्टा पदयात्राका महासचिव,अधिवक्ता तथा साहित्यकार गङ्गाप्रसाद भेटवालले दुई दशकसम्म अनवरत रूपमा सूचकले गरेको निस्स्वार्थ कर्मको सराहना गर्दै अबको प्रज्ञाप्रतिष्ठान यस्तै व्यक्तित्वहरूको हातमा हुनुपर्छ भन्ने राय प्रकट गरे । भेटवालले नेपाली साहित्य क्षेत्रले आरोहण गर्दै गरेको सोपानबारे पनि सङ्क्षिप्त चर्चा समेत गरे ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले सूचक प्रकाशनले डेढ दर्जन वर्षसम्म गरेका सङ्घर्षका आरोह अवरोहदेखि छिचोलेका चुनौतीसम्मको सङ्क्षिप्त चर्चा गर्दै सम्मानित, पुरस्कृत र शिखर अभिनन्दित गर्नु सूचकको परम्परा नै बनिसकेको बताए । उनले आगामी दिनमा पुरस्कार राशिमा वृद्धि गर्ने प्रतिबद्धता समेत जनाए ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट बौद्ध दर्शनका अध्येता उप-प्राध्यापक डा. त्रिरत्न मानन्धरका साथै अभिनव साहित्य प्रतिष्ठानका उपाध्यक्ष, लोमश वाङ्मय प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकार विमल अर्यालले सम्मानित भइसकेपछिका आफ्ना उद्वेलन तथा अनुभूति अभिव्यक्त गरेका थिए ।

काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । शुभकामना ब्यक्त समेत गरिन ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।
स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् ।

भोजपुर- १५ कात्तिक । भोजपुरको षडानन्द नगरपालिका–४ मा आज बिहान काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुर्घटनामा परेर षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।
त्यसैगरी दुर्घटनामा घाइते हुनेमा दाछिरि शेर्पा (१९), अम्बर तामाङ (२३), सागर तामाङ (१८) र सुनिता तामाङ (१८) रहेका छन् । उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा काठ, बालुवा र निर्माण सामग्री बोक्ने ट्याक्टर दुर्घटनाको घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । कमजोर सडक, ओभरलोड र सुरक्षा मापदण्डको अभाव यस्तो दुर्घटनाको प्रमुख कारण मानिन्छ । स्थानीय प्रशासनले कडाइ गरे पनि अनुगमन र चालक प्रशिक्षणमा अझ ध्यान दिन आवश्यक देखिन्छ ।
भक्तपुर ।
नेकपा (एमाले) भित्र फेरि हलचल सुरु भएको छ। माओवादी केन्द्रबाट एमाले पुगेका दुई प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट — फेरि माओवादी केन्द्र फर्कने अन्तिम तयारीमा रहेको जिक्तेन न्यूजले पुष्टि गरेको छ।
पार्टी एकता र पुनर्गठनका बीच, पछिल्लो समय उनीहरू प्रचण्डसँग निरन्तर सम्पर्कमा रहेका छन्। विश्वसनीय स्रोतका अनुसार, पछिल्ला दुई सातामा प्रचण्ड, बादल र भट्टबीच तीन पटक गोप्य भेटघाट भएको छ। ती भेटमा माओवादी केन्द्रमा पुनरागमनको खाका तयार भएको बताइन्छ।
भेटमा प्रचण्डले ‘पुराना सहकर्मीहरूलाई पुनः एउटै बाटोमा ल्याउने’ प्रस्ताव अघि सारेका थिए भने बादल–भट्टले पार्टीभित्र सम्मानजनक भूमिकाको माग राखेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समयमा बादल र भट्ट दुवै असन्तुष्ट थिए। ओलीको एकल निर्णय शैली र विचारगत दिशाप्रति उनीहरूको असहमति खुलेर अभिव्यक्त हुँदै आएको थियो।
पार्टीभित्र आफ्नो भूमिकामा सिमित गरिँदा उनीहरू क्रमशः निष्क्रिय बन्दै गएको पृष्ठभूमिमा माओवादी फर्किने निर्णय आएको हो।
स्रोतका अनुसार ओलीले अन्तिम संवादमा उनीहरूलाई रोक्ने प्रयास नगरेका थिए, बरु “जो जहाँ सहज छ, त्यहीँ रहोस्” भनेर प्रतिक्रिया दिएका थिए। यसपछि उनीहरू माओवादी केन्द्रसँगको संवादमा झन् सक्रिय बनेका हुन्।
माओवादी केन्द्रले बादल र भट्टको पुनरागमनलाई ऐतिहासिक सहकार्यको पुनर्स्थापना भनेर स्वागत गर्न तयारी थालेको छ।
पार्टीका एक शीर्ष नेताले भने, “बादल र भट्ट फर्किए भने माओवादी पुरानै लडाकु संरचना र पुरानो प्रभावसहित बलियो हुनेछ।”
बादल र भट्टजस्ता नाम माओवादी आन्दोलनका मूल स्तम्भ हुन्। उनीहरूको पुनरागमनले माओवादी केन्द्रलाई संगठनिक बल मात्र होइन, राजनीतिक सन्देश पनि दिनेछ — “माओवादी फेरि एक ठाउँमा फर्किंदैछ।”
एमालेभित्र भने यो कदमले ठूलो असन्तुलन ल्याउन सक्छ। बादल र भट्ट जस्ता पुराना नेताहरू बाहिरिए भने ओलीको सर्कल झनै सिमित हुनेछ।
त्यसको प्रत्यक्ष लाभ माओवादी केन्द्रले पाउने निश्चितजस्तै देखिन्छ।
यो सामान्य दल परिवर्तन होइन, यो नेपालका वामपन्थी राजनीतिमा अर्को पुनर्संरेखनको संकेत हो।”
भक्तपुर — नेकपा (एकीकृत समाजवादी) भित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि आन्तरिक असन्तुष्टि चुलिएको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा माओवादीसँग पार्टी एकता प्रक्रियामा अघि बढ्ने निर्णय भएपछि वरिष्ठ नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको ठूलो समूह एकताबाट टाढा रहँदै नेकपा एमाले फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ।
यी नेताहरूले माओवादीसँगको एकतालाई “हडबडीपूर्ण निर्णय” भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा, यस्तो एकताले समाजवादी पार्टीको वैचारिक स्वायत्तता कमजोर पार्ने खतरा छ। पार्टीभित्र पर्याप्त छलफल र सहमति बिना गरिएको निर्णय “अलोकतान्त्रिक अभ्यास” भएको उनीहरूको टिप्पणी छ।
यसबीच, माओवादी केन्द्रले समाजवादी पार्टीको एकता प्रस्तावलाई स्वागत गर्दै यसलाई “कम्युनिस्ट एकताको नयाँ अध्याय” को रूपमा व्याख्या गरेको छ। तर झलनाथ–झाँक्री समूह भने एमालेसँग पुनः नजिकिँदै पार्टीभित्र वैचारिक स्पष्टता कायम राख्ने दिशामा छलफल गरिरहेको बताइएको छ।
भक्तपुर । नेकपा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको कदमको स्वागत गरेको छ। दुबै दलबीच एकताको सम्भावना थप बलियो बनेको छ, यद्यपि माओवादीभित्रका केही नेताहरूले यसबारे असहमति जनाइरहेका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार सकिएपछि माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय भएको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्। उक्त निर्णयको स्वागत गर्दै माओवादी केन्द्रले पनि शनिबार सचिवालय बैठक बोलाएर औपचारिक निर्णय गर्ने तयारी गरेको नेता वर्षमान पुनले बताएका छन्।
“उनीहरूको निर्णय स्वागतयोग्य छ,” पुनले भने, “माओवादीभित्र अधिकांश नेता एकता र वामकेन्द्र निर्माणको पक्षमा हुनुहुन्छ। यो प्रक्रियाबाट कोही पनि अलग हुने देखिँदैन।”
एकता एक साता भित्र घोषणा हुने तयारी
दुबै दलका शीर्ष नेताहरूबीच भएको पछिल्लो छलफल अनुसार, एक साता भित्र पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ। आवश्यक गृहकार्य र प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।
यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिले पनि विचार र सिद्धान्त मिल्ने वामपन्थी शक्तिहरूसँग एकता गर्ने निर्णय गरिसकेको थियो।
संरचना र नेतृत्वको प्रारम्भिक सहमति
नेताहरूका अनुसार दुबै दलबीच नेतृत्व र संरचनाबारे प्रारम्भिक सहमति भइसकेको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक,
माधवकुमार नेपाल सह–संयोजक बन्ने प्रस्ताव गरिएको छ।
नयाँ पार्टीको नाम “नेकपा (समाजवादी)” राख्ने सहमति भए पनि अन्तिम टुंगो बाँकी छ।
चुनाव चिन्हबारे पनि छलफल जारी रहेको छ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटो तय गर्ने सहमति भएको नेताहरूले बताएका छन्।
तर, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायत केही नेताहरूले भने एकीकरण प्रक्रियामा सामेल नहुने जनाएका छन्।





