
काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. को हुन ? उनले किन सुनसरीबाट उम्म्ेदवारी दिइन् ? भन्ने बिषय यतिबेला चासोको बिषय समेत बनेको छ ।
रोल्पामा जन्मिएर समाजिक सेवामा १५ वर्षदेखि निरन्तर लागि रहेकी यमुना के.सी. संग गरेको कुराकानीको आधारमा तयार गरिएको यो रिपोर्ट
रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना के.सी. विगत दुई दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएकी प्रेरणादायी महिला अभियन्ता हुनुहुन्छ ।
रोल्पा जस्तो विकट भूभागमा जन्मिएर हुर्किएकी के.सी. ले समाजका दुःखी, पीडित तथा पिछडिएका वर्गको वास्तविक अवस्था नजिकबाट बुझ्दै सामाजिक सेवाको यात्रा सुरु गर्नुभएको हो ।
स्वास्थ्य, शिक्षा, खानेपानी र मानवीय सेवाका क्षेत्रमा उहाँले उल्लेखनीय योगदान र्पुयाउँदै आउनुभएको छ । दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच र्पुयाउने उद्देश्यले उहाँले काठमाडौंबाट चिकित्सक टोली लिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ ।
विशेषगरी ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्यमा १९० पटकभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउन सफल हुनुभएको छ ।
स्वास्थ्य सेवासँगै सामाजिक संरचना निर्माणमा पनि उहाँको योगदान उल्लेखनीय छ । रोल्पामा वृद्ध–बृद्धाका लागि वृद्धाश्रम, दाङमा असहाय तथा बेसहारा बालबालिकाका लागि बालआश्रम स्थापना गर्नुका साथै मठ–मन्दिर, पाटी–पौवा, तटबन्ध निर्माण तथा बृद्धाश्रमहरूमा नगदसहित खाद्यान्न सहयोग गर्दै आउनुभएको छ ।
सप्तरी र रामेछापमा मन्दिर निर्माण तथा संरक्षणमा पनि उहाँको सक्रिय भूमिका रहेको छ ।
काम गर्दा भावनाभन्दा योजनामा विश्वास गर्ने अभियन्ताका रूपमा चिनिनुहुने यमुना केसी.ले कुनै पनि अभियान अघि बढाउनु अघि सरोकारवालासँग परामर्श गर्दै आएको बताइन्छ ।
करिब १५ वर्षदेखि अभियन्ता राजन थापासँग सहकार्य गर्दै उहाँले सामाजिक अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ । यिनै योगदानको कदरस्वरूप उहाँले देशका विभिन्न स्थानबाट सयौँ सम्मान तथा कदरपत्र प्राप्त गरिसक्नुभएको छ ।
सामाजिक सेवामा गरेको दीर्घ योगदानकै आधारमा यमुना के.सी. हाल सुनसरी क्षेत्र न.४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ। उहाँको चुनाव चिह्न ‘मुसा’ रहेको छ । स्थानीय स्तरमा उहाँको इमान्दारिता, समर्पण र सेवाभावको व्यापक प्रशंसा हुँदै आएको छ ।
एक वृद्ध आमाले “तपाईं त काठमाडौंमै बसेर राजनीति गर्न सक्नुहुन्थ्यो, किन सुनसरी ?” भनी सोध्दा उहाँले दिएको जवाफ अहिले जनस्तरमा चर्चा बन्दै गएको छ।
यस्तो भन्नू हुन्छ यमुना के।सी “काठमाडौंमा धेरै विकास भइसकेको छ, तर सुनसरीमा विकास गर्न अझै धेरै बाँकी छ । जहाँ आवश्यकता बढी छ, त्यहीँबाट म आफ्नो जिम्मेवारी सुरु गर्न चाहन्छु । मैले राजनीति सेवाका लागि रोजेकी हुँ, पदका लागि होइन ।”





