२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

काठमाडौं । तामाङ समुदायको कला र पहिचानलाई नयाँ पुस्तासम्म पुऱ्याउने उद्देश्यले डम्फु मिडियाले आयोजना गरेको विशेष कार्यक्रममा यसपटक आकर्षणको केन्द्र बने युवा व्यवसायी तथा समाजसेवी साईला सिङ्तान। उहाँको अभिनयमा पहिलो म्युजिक भिडियो मनैको माया औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

बौद्ध पिपलबोटस्थित सेकुवा जक्शनमा सम्पन्न कार्यक्रममा कलाकार, पत्रकार, सामाजिक अगुवा तथा तामाङ समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा मिस तामाङ २०२६ विजेता सामाग्री मोक्तान तामाङलाई सम्मान गर्दै शुभकामना प्रदान गरिएको थियो।

‘मनैको माया’ साईला सिङ्तानको पहिलो अभिनय प्रयास हो। व्यवसाय र समाजसेवामा सक्रिय रहँदै आउनुभएका उहाँले यस भिडियोमार्फत कला क्षेत्रमा पनि पाइला चाल्नुभएको छ । भिडियोमा उहाँसँगै सुजिना लामा र पेमा लामा योन्जनको अभिनय देख्न सकिन्छ।भने  निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङले गर्नुभएको हो।

माया प्रेमको भाव समेटिएको गीतमा शब्द जेम्स जिम्बा, संगीत तथा स्वर कर्साङ लामाको रहेको छ भने स्वरमा नतसा ब्लोनले साथ दिनुभएको छ। भिडियो छायांकन पर्यटकीय जिल्ला मुस्ताङका रमणीय स्थानहरूमा गरिएको छ, जसले कथालाई अझ जीवन्त बनाएको छ।

Download

निर्माता पेमा लामा योन्जन, सह-निर्माता तथा मेकअप आर्टिस्ट ईश्वरी स्याङ्तान र छायांकन/रंग सम्पादन त्रिलोक लामाको मेहनतले भिडियो आकर्षक बनेको छ।

कार्यक्रम सांगीतिक प्रस्तुति र शुभकामना मन्तव्यसँगै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। आयोजकले आगामी दिनमा पनि तामाङ कला-संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

कला क्षेत्रमा पहिलो पाइला चाल्नुभएका साईला सिङ्तानको यो प्रयासले दर्शकबीच नयाँ ऊर्जा र आशा जगाउने विश्वास गरिएको छ।https://youtu.be/HI-W-H4llzo?si=tj6xOIZbBkU79iFv

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।