
ककनी गाउँपालिका–१, जलकिनी (कागती गाउँ) निवासी सुकुटे बालामी र गाउले बालामीको घरमा आज बिहान करिब ४:३० बजे अचानक आगलागी भएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात, गरगहना, नगदसहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएका छन्।

स्थानीयका अनुसार करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। घटना भएको केही समयमै दमकल बोलाइए पनि बाटो साँघुरो र दुर्गम भएकाले दमकल पुग्न नसकेपछि स्थानीयहरूले ठूलो प्रयासका साथ आगो नियन्त्रणमा ल्याएका हुन्।

आगो नियन्त्रणमा आउँदासम्म दुबै घर पूर्णरूपमा जलेर खरानी भएका थिए। आगलागीका कारण लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।

स्थानीय बासिन्दा तथा समाजसेवीहरूले पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न गाउँपालिका तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

भक्तपुर, कार्तिक ५ — जिक्तेन मिडिया हाउसको आयोजनामा आउँदो कार्तिक ५ गते देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा आयोजना हुँदैछ।
कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति पनि रहने जनाइएको छ।

कार्यक्रममा विश्व दोङ, निर्मला घिसिङ, उत्तर लामा, अबिशेक मोक्तान, प्रबिन्स मोक्तान लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै, पुष्प जनजागरण सांस्कृतिक परिवारले पनि आकर्षक नृत्य र लाइभ सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछ।
सांस्कृतिक विविधता र नयाँ पुस्तामा परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम भक्तपुरको सूर्यविनायक पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

आयोजक जिक्तेन मिडिया हाउसका अनुसार कार्यक्रममार्फत नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ — ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।
विश्व स्ट्रोक सेन्टर (डब्लुएसओ) ले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो ।
मस्तिष्कघात विश्वव्यापी रुपमा हुने मृत्यु र शारीरिक अशक्तताको मुख्य कारण रहेको जानकारी दिँदै नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुने न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा. राजु पौडेलले बताए । पौडेलका अनुसार विश्वव्यापी रुपमा हरेक चार सेकेन्डमा एक जनालाई मस्तिष्कघात ‘स्ट्रोक’ हुन्छ ।
नेपालजस्ता विकासोन्मुख देशमा यस्ता समस्या धेरै बढेको र भयावह अवस्था रहेको उनले बताएका छन् । ‘विश्वव्यापी रुपमा नै हेर्ने हो भने स्ट्रोक हुनेको संख्या धेरै नै बढेको छ । विकसित देशमा ७०/७५ वर्ष भएका समूहलाई यस्तो समस्या भएको देखिन्छ । नेपालजस्ता विकासोन्मुख देशमा युवालाई देखिन्छ,’ उनले भने, ‘स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिन्छ । नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिन्छ ।’ सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने पौडेलले जनाएका छन् ।
अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालका अनुसार मस्तिष्कघात भएको बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्त्वपूर्ण हुने बताएका छन् । अस्पतालले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउन मद्दत गर्ने उनले जानकारी दिए ।
अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले नेपालमा न्यूरोलोजिकल उपचार विकास गर्न, मस्तिष्कघात उपचार र बिरामीको हेरचाहको लागि उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको जनाएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एडभान्स्ड स्ट्रोक सेन्टरका लागि निम्न मापदण्डहरु अवलम्बन गरेको बताएको छ :
– चौबिसै घण्टा उपलब्ध हुने मस्तिष्कघात सम्बन्धी विशेषज्ञ समूह ।
– उच्चस्तरीय प्रविधिका न्यूरोइमेजिङ
–सरल र सहज रुपमा दूत प्रशासनिक सेवा
–मस्तिष्कघातको उपचारका लागि तीव्र गतिको कार्यविधी
–उपचारपश्चात निरन्तर चिकित्सकीय निगरानी र पुनर्स्थापना सेवा
–आरिएसक्यु रजिस्ट्री प्रयोग गरेर निरन्तर गुणस्तर र परिणाम निगरानी
विश्व स्ट्रोक संगठनका विशेषज्ञहरूको टोलीद्वारा अस्पतालको स्ट्रोक उपचार पूर्वाधार, क्लिनिकल प्रोटोकल, बिरामीहरूको परिणाम, र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूको मूल्यांकनले गर्दा अस्पतालले उक्त मान्यता प्राप्त गरेको जनाएको छ ।
मस्तिष्कघात अगाडि देखापर्ने लक्षण :
–व्यक्तिको एक्कासि अनुहार बांगो हुने
–हातखुट्टा लुलो हुने
–बोली लरबरिने
–आँखा कमजोर हुने
अचानक कुनै पनि कमजोरीपन महसुस भएमा परामर्श लिनुपर्ने डाक्टरहरु बताउँछन् ।

काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन ।
टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।
दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन्। उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले एयरपोर्ट परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन्। दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ।
यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।” काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन् भने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन ।
कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन भने सहप्रायोजकमा ह्याम्स हस्पिटल,शंकर प्रसाद आचार्य,चुडा मैनाली,होराईजन स्पा,नौकरी नेपाल र शान्ती तथा ग्रामिण विकास केन्द्र नेपाल रहेका थिए भने मिडिया संयोजन जनसवाल रास्ट्रीय दैनिक र आर्टिस्ट खवर लगाएतले गरेका थिए ।
काठमाडौं । नेवा राष्ट्रिय परिषद तथा राष्ट्रिय मुक्ति क्रान्तिका नेता रबिन्द्र कुमार श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारले सांस्कृतिक अतिक्रमणलाई निरन्तरता दिए जनताले सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन्।
श्रेष्ठका अनुसार धुलिखेल–सुर्यविनायक सडक विस्तारका नाममा ऐतिहासिक सम्पदामाथि विनाशकारी हस्तक्षेप भइरहेको छ। उनले आरोप लगाए कि बिना वैकल्पिक योजना र अध्ययन सडक विस्तार गर्दा नेवार समुदायको पहिचान, संस्कृति र भाषा मेटिँदै गएको छ।
श्रेष्ठले भने, विकल्पको अध्ययन नगरिकन सडक विस्तार गर्दा हाम्रो पहिचान, संस्कृतिलाई मेट्ने काम भइरहेको छ। यस्तो कार्य तत्काल रोकिएन भने जनताले विकल्प खोज्नेछन्।
उनका अनुसार विकासका नाममा ऐतिहासिक बस्ती भत्काइँदा सांस्कृतिक सम्पदाको संरक्षण गम्भीर संकटमा परेको छ। उनले सरकारलाई तत्काल सडक विस्तार कार्य रोकी प्रभावित क्षेत्रको सांस्कृतिक मूल्याङ्कन गर्न आग्रह गरेका छन्।
श्रेष्ठले विकास र संस्कृति संरक्षणबीच सन्तुलन कायम गर्न राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै भने,हाम्रो पहिचान र परम्परालाई मेटाउने कुनै पनि कार्य स्वीकार्य हुनेछैन।
धुलिखेल–सुर्यविनायक सडक विस्तार बागमती प्रदेशको प्रमुख पूर्वाधार आयोजनामध्ये एक हो। स्थानीय बासिन्दा र संस्कृतिविद्हरूले विगतदेखि नै सडक विस्तारले पुरातात्त्विक सम्पदा, गुठी जग्गा र परम्परागत बस्तीमा असर पार्ने भन्दै विरोध गर्दै आएका छन्।

काठमाडौं मिङमा योञ्जन,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी कार्यकर्तालाई “मित्र र दुस्मन छुट्याउन जान्नुपर्छ” भन्ने आग्रह गरेका छन्।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्तु) द्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले भने —

क्रान्तिको यात्रामा सबैभन्दा ठूलो कुरा हो – तपाईंले को मित्र हो र को दुस्मन हो छुट्याउन जान्नु।”
विगतमा आफूहरू उत्पीडित वर्गका अधिकारका लागि लड्दा ‘आतङ्ककारी’ भन्ने आरोप लागेकाे स्मरण गर्दै उनले भने —
आज पनि युवाहरू सडकमा आन्दोलन गर्दा त्यस्तै “आतङ्ककारी” सङ्ख्या दिन्छ, यो अन्याय हो।”
देश हाल जटिल राजनीतिक अवस्थामा रहेको बताउँदै उनले आगामी फाल्गुन २१ गते तोकिएको निर्वाचन संविधान र लोकतन्त्र जोगाउने सहज, समावेशी र राष्ट्रहितपूर्ण विकल्प भएको बताए।
प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै थपे —
संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद छ।”
त्यसैगरी पार्टी नेतृत्वबारे समेत उनले स्पष्ट सन्देश दिँदै भने —
पद सानो कुरा हो, देश बचाउन जरुरी परे मैले अध्यक्ष पद पनि छोड्न तयार छु।”
कार्यक्रममा पार्टीका शीर्ष नेताहरु, मजदुर संगठनका प्रतिनिधि तथा सयौं कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।
जेन–जी विद्रोह भएको एक महिना बितिसक्दा पनि देशमा विधिको शासन, शान्ति–सुरक्षा र राजनीतिक स्थायित्व कायम हुन नसकेको भन्दै दुबै संगठनको गम्भीर ध्यानाकर्षण।
सुशासन, लोकतन्त्र र समृद्धिको यात्रामा अवरोध देखिँदै मुलुक पुनः अनिश्चितताको दिशातर्फ धकेलिएको निष्कर्ष।
नागरिकका मौलिक अधिकारहरूको व्यवहारिक कार्यान्वयन नहुँदा शान्ति–सुरक्षाको अवस्था जटिल बन्दै गएको टिप्पणी।
निर्धारित मितिमा निर्वाचन सुनिश्चित गरियोस्
फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण।
सुशासन र विधिको शासन सुदृढ गर्न देशभक्त, वामपन्थी र जनपक्षीय शक्तिहरू एकताबद्ध हुनुपर्ने भनाइ।
जेन–जी विद्रोहको मर्म आत्मसात् गर्दै सबै दलहरूलाई निर्वाचनको पक्षमा उभिन अपिल।
राजनीतिक दलहरूप्रति पूर्वाग्रह अन्त्य गरियोस्
सरकारद्वारा दल र नेतामाथि पूर्वाग्रहपूर्ण तथा प्रतिशोधपूर्ण व्यवहार भइरहेको आरोप।
नेताहरूलाई पक्राउ र सास्ती दिने कार्यले निर्वाचन वातावरण बिग्रिँदै गएको भनाइ।
आम नागरिकको सुरक्षा सुनिश्चित होस्
जेलबाट निस्किएका कैदी, हराइरहेका हतियार आदिका कारण सुरक्षा चुनौती बढेको उल्लेख।
चुनावी कर्मचारी, नेता–कार्यकर्ता र मतदाताको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह।
जेन–जी विद्रोहमा भएको दमन र हत्याको निष्पक्ष छानबिन गरियोस्
भदौ २३ र २४ गतेका घटनामा दमन र हत्याको निष्पक्ष छानबिनमा सरकार असफल।
दोषीहरू अझै कारबाहीको दायरामा नआएको भन्दै तात्कालिक कानुनी कारबाहीको माग।
युवा आन्दोलनका उद्देश्यहरू– निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक प्रणाली, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कारबाही—लाई समर्थन।
बाह्य हस्तक्षेप र षड्यन्त्र अस्वीकार गर्दै लोकतान्त्रिक मार्गमा अघि बढ्ने प्रतिबद्धता।
सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूलाई कारबाही गरियोस्
विद्रोहका क्रममा सुरक्षाकर्मीमाथि भएका आक्रमण र हतियार लुटपाटमा संलग्नहरू कारबाहीबाहिर रहेको चिन्ता।
दोषीलाई तुरून्त पक्राउ गरी सुरक्षाकर्मीको मनोबल र साधन सुदृढ गर्न माग।
माओवादी नेतृत्वमाथि पूर्वाग्रहपूर्ण व्यवहार बन्द गरियोस्
पार्टी संयोजक प्रचण्डको सुरक्षालाई लिएर गरिएको कुप्रचार अस्वीकार्य।
पूर्व प्रधानमन्त्री र शान्ति सम्झौताका हस्ताक्षरकर्ता भएकाले सुरक्षा आवश्यक भएको स्पष्टीकरण।
सरकारको उदासिनताले नेतृत्वको सुरक्षा आफैं गर्नुपर्ने स्थिति सिर्जना भएको आरोप।
निरन्तर सास्ती र मानमर्दन रोक्न चेतावनी – “प्रतिवाद–प्रतिरोध गर्न बाध्य हुने।”
स्वयंसेवक युवामाथि गरिएको ‘कसले दिन्छ तलब?’ खालका समाचारप्रति आपत्ति।
भ्रामक प्रचार र चरित्रहत्या रोकियोस्
माओवादी केन्द्र र नेतृत्वविरुद्ध नियोजित भ्रामक प्रचार भइरहेको दाबी।
पूर्व प्रहरी देवेन्द्र सुवेदी, पूर्व सेना माधव सुन्दर खड्का, अधिवक्ता बालकृष्ण न्यौपाने, पूर्व लडाकु लहानु चौधरी आदिका अप्रमाणित अभिव्यक्तिहरूको कानुनी अनुसन्धानको माग।
सरकारले कानुनी प्रक्रिया अघि नबढाए स्वयं प्रतिवाद र प्रतिरोध गर्न बाध्य हुने चेतावनी।
माओवादी नेतृत्व अरू पार्टीहरूभन्दा फरक
प्रतिगामी शक्तिहरूले “माओवादी पनि पुराना दलजस्तै हो” भन्ने भ्रम फैलाइरहेको आरोप।
माओवादीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रपात, शान्ति प्रक्रिया र रूपान्तरणको नेतृत्व गरेको पुनः स्मरण।
भ्रष्टाचारविरुद्ध लडेको, युवाको आवाज उठाएको, र जेन–जी विद्रोहको मर्मअनुसार पार्टी शुद्धिकरण र रूपान्तरण प्रक्रिया सुरु गरेको दाबी।
“सबै दल एउटै होइनन्, गुण र दोषका आधारमा मूल्याङ्कन गरियोस्” भन्ने आग्रह।
निर्वाचनले लोकतन्त्रलाई पुनः राजमार्गमा ल्याउँछ
राजनीतिक रिक्तता र अस्थिरताको समाधान निर्धारित मितिको निर्वाचनबाट मात्र सम्भव।
संविधान र विधिको शासनलाई सही बाटोमा ल्याउने जिम्मा सरकारको।
माओवादी निकट संगठनहरू वामपन्थी, जनपक्षीय शक्तिहरूसँग सहकार्य गर्दै चुनावी वातावरण निर्माणमा अग्रसर रहने घोषणा।
वक्ता
विजय प्रकाश शर्मा सापकोटा, अध्यक्ष – अनेरास्ववियू (क्रान्तिकारी)
पुष्प ओली, अध्यक्ष – योङ कम्युनिस्ट लिग (YCL) नेपाल
काठमाडौ । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको हात्तिसारमा हालै संचालनमा आएको हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स उत्कृष्ट गन्तव्य मध्ये एक हो।

शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स पहिलो रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हुन आएको छ।
सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ। व्यापक सेवा र सुविधा मनोरञ्जन तथा सांगीतिक प्रस्तुति नेपाली मौलिकता र आतिथ्यता सुविधाजनक पार्किङ र व्यवस्थापना विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ।

हिमायल रेष्ट्रोले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ‘गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य लिएको लामो समय देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी सञ्चालक टिका गौतमले बताए ।
काठमाडौं, असोज २८ — विश्वभर नयाँ पुस्ता जेन–जी (Gen Z) सामाजिक, राजनीतिक र वातावरणीय परिवर्तनको मुख्य चालकका रूपमा उदाएको छ। सन् १९९७ पछि जन्मिएका यी युवाहरू प्रविधि–मित्र, स्वतन्त्र सोचका धनी र अन्यायविरुद्ध निडर आवाज उठाउने पुस्ताका रूपमा चिनिँदै गएका छन्।
जलवायु परिवर्तन, मानवअधिकार, लैङ्गिक समानता, डिजिटल स्वतन्त्रता र भ्रष्टाचारविरुद्धको लडाइँमा पनि यो पुस्ता अग्रणी देखिएको छ। सामाजिक सञ्जालको प्रभावसहित हुर्किएको यो पुस्ता अहिले विश्वका विभिन्न देशमा पारदर्शिता र उत्तरदायित्वको माग गर्दै सडकदेखि संसदसम्म आवाज उठाइरहेको छ।
स्विडेनकी ग्रेटा थनबर्गले सुरु गरेको जलवायु आन्दोलनले जेन–जी पुस्तालाई विश्वव्यापी रूपमा एकताबद्ध बनाएको उदाहरण हो। त्यस्तै, अमेरिकादेखि नेपालसम्मका युवाहरूले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएका छन्।
नेपालमा पनि पछिल्ला वर्षहरूमा जेन–जी पुस्ता सामाजिक सचेतनाको अग्रभागमा उभिएको छ। विश्वविद्यालयका विद्यार्थी, युवा पत्रकार र अनलाइन सञ्जालका कार्यकर्ताहरूले सरकारी निकाय र नेतृत्व तहमा हुने अनियमिततामाथि प्रश्न उठाउँदै आएका छन्।
सामाजिक विश्लेषकहरूका अनुसार, यो पुस्ताको विशेषता भनेको “डिजिटल सजगता र इमानदारीको आग्रह” हो। उनीहरू सूचना प्रवाहका माध्यममा बढी निर्भर भएकाले कुनै पनि गलत अभ्यास र भ्रष्टाचार लुकाउन सजिलो छैन।
“जेन–जी पुस्ता अब केवल परिवर्तन माग्ने होइन, पारदर्शी शासनको आधार तयार पार्ने पुस्ता हो,” विश्लेषकहरूको भनाइ छ।
भविष्यमा नेपालको सामाजिक र राजनीतिक परिवेशमा पनि यो पुस्ताको भूमिका निर्णायक बन्ने निश्चित देखिन्छ। समानता, पारदर्शिता र उत्तरदायित्वमा विश्वास राख्ने जेन–जी पुस्ताबाट देशले नयाँ दिशाको अपेक्षा गर्न सक्ने धेरैको धारणा छ।
इजरायलले हमासको अपहरणमा परेका नेपालका विपिन जोशी सहित २२ जना बन्धक अझै जीवित रहेको हुन सक्ने जनाएको छ ।
पछिल्लो पटक सार्वजनिक भएको सूचीमा विपिनको नाम समावेश गरिएको समाचार संस्था एपीले जनाएको हो । पछिल्लो सूची सार्वजनिक भएसँगै विपिन जिवित रहेको अनुमान गरिएको छ । दुई दिन अघि सार्वजनिक सूचीमा भने विपिनको नाम परेको थिएन ।





