
— डि.बि. पराजुली
नेपाल आज एउटा यस्तो मोडमा उभिएको छ, जहाँ राजनीतिक परिवर्तन धेरैपटक भए, व्यवस्था फेरिए, सरकार फेरिए, नेतृत्व फेरिएस तर नागरिकको दैनिक जीवनसँग जोडिएका अनेक समस्या भने जस्ताका तस्तै छन्। विकासको गति अपेक्षाकृत सुस्त छ, उत्पादन कमजोर छ, रोजगारीका अवसर सीमित छन् र सार्वजनिक संस्थाप्रतिको विश्वासमा प्रश्न उठिरहेका छन्। यी सबै समस्याको केन्द्रमा एउटा गम्भीर प्रश्न छ—के हामीले भ्रष्टाचारलाई केवल अरूको समस्या ठानेर आफ्नै आचरणलाई भने त्यसबाट अलग राखेका छौँर ?
भ्रष्टाचारको चर्चा गर्दा हामी प्रायः नेता, कर्मचारी, ठेकेदार वा शक्तिशाली व्यक्तितर्फ औँला तेर्स्याउँछौँ। तर भ्रष्टाचार केवल ठूलो रकमको अनियमितता वा सरकारी स्रोतको दुरुपयोग मात्र होइन। आफ्नो काम छिटो गराउन नियम मिचेर पैसा दिनु, पहुँचका आधारमा अवसर खोज्नु, सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्तिजस्तो प्रयोग गर्नु, जिम्मेवारी पूरा नगरी सुविधा खोज्नु र गलत कामलाई ‘चलिहाल्छ’ भनेर स्वीकार गर्नु पनि भ्रष्ट संस्कारकै रूप हुन्। त्यसैले भ्रष्टाचारविरुद्धको वास्तविक लडाइँ कानुनको किताबबाट मात्र सुरु हुँदैनस यो आफ्नै मनबाट सुरु हुन्छ।
नेपालको विकासको बहसमा शान्ति, विकास र उत्पादनलाई अलग–अलग विषयका रूपमा हेर्नु हुँदैन। यी तीनवटै एकअर्काका पूरक हुन्। शान्ति बिना विकासको वातावरण बन्दैन। विकास बिना रोजगारी र अवसर सिर्जना हुँदैन। उत्पादन बिना अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैन। अनि उत्पादन र रोजगारी कमजोर हुँदा युवाशक्ति विदेशिन बाध्य हुन्छ।
आज गाउँका खेतबारी बाँझिँदै जानु, युवाहरू रोजगारीका लागि विदेशिनु र दैनिक उपभोगका वस्तुमा समेत परनिर्भरता बढ्नु केवल आर्थिक समस्या होइनस यो हाम्रो विकासको प्राथमिकतामाथिको प्रश्न हो। हामीले अब विकासलाई सडक, भवन र पुल निर्माणको संख्यामा सीमित गर्नु हुँदैन। कति उत्पादन बढ्योर? कति रोजगारी सिर्जना भयोर? कति युवा स्वदेशमै टिकेर? किसानको आम्दानी कति बढ्योर? उद्योग कति विस्तार भएर? विकासको मूल्याङ्कन यस्ता प्रश्नबाट हुनुपर्छ।
‘सामुदायिक समाजवाद’ भन्नाले राज्यले सबै कुरा नियन्त्रण गर्ने व्यवस्था मात्र बुझ्नु हुँदैन। यसको मूल भावना समाजका सबै वर्ग, समुदाय र क्षेत्रले विकासको अवसरमा समान पहुँच पाऊन् भन्ने हो।नेपालजस्तो विविधतापूर्ण समाजमा विकासको लाभ सीमित समूहमा मात्र केन्द्रित भयो भने असन्तुष्टि बढ्छ। अवसर केही व्यक्तिको पहुँच, नातागोता वा राजनीतिक सम्बन्धमा निर्भर भयो भने प्रतिभा निराश हुन्छ र योग्यताभन्दा पहुँच बलियो बन्न थाल्छ। त्यसैले सामुदायिक समाजवादको सार समान अवसर, सामाजिक न्याय, सामूहिक जिम्मेवारी र उत्पादनमा सहभागिता हुनुपर्छ।
राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग र सामाजिक सुरक्षामा न्यायपूर्ण पहुँच सुनिश्चित गर्नुपर्छ। समुदायले पनि आफ्नो विकासमा सक्रिय भूमिका खेल्नुपर्छ। नागरिकले अधिकार माग्ने मात्र होइन, आफ्नो कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ।
भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ भन्ने शब्द राजनीतिक भाषणमा निकै सुनिन्छ। तर यसको वास्तविक अर्थ के होर? यसको अर्थ आफूलाई फाइदा हुँदा भ्रष्टाचार स्वीकार गर्ने र अरूले गर्दा मात्र विरोध गर्ने प्रवृत्तिको अन्त्य हो। ठूलो भ्रष्टाचारको विरोध गर्दै सानो अनियमिततालाई सामान्य ठान्ने हो भने भ्रष्टाचार समाप्त हुँदैन। कार्यालयमा घुस लिने व्यक्तिलाई दोष दिँदै आफ्नो कामका लागि घुस दिन तयार हुने नागरिकले पनि आत्मसमीक्षा गर्नुपर्छ।
भ्रष्टाचारको बजारमा माग र आपूर्ति दुवै हुन्छन्। घुस माग्ने हात गलत हो भने घुस दिन तयार हुने मानसिकता पनि गलत हो। त्यसैले भ्रष्टाचारविरुद्धको अभियान केवल अख्तियार, प्रहरी, अदालत वा सरकारको जिम्मेवारी होइन। यो घर, विद्यालय, कार्यालय, व्यवसाय, राजनीतिक दल र समाजको साझा अभियान बन्नुपर्छ।
हामीलाई प्रायः ‘देश बदलिनुपर्छ’ भन्ने लाग्छ। तर देश भनेको आखिर हामी सबैको सामूहिक रूप हो। हामी नियम पालना गर्दैनौँ, अनि सरकारसँग सुशासन माग्छौँ। हामी सार्वजनिक सम्पत्तिको संरक्षण गर्दैनौँ, अनि राज्यसँग जवाफदेहिता खोज्छौँ।हामी योग्यताभन्दा चिनजान खोज्छौँ, अनि प्रणाली निष्पक्ष भएन भनेर गुनासो गर्छौँ। यही विरोधाभास अन्त्य नगरी सुशासन सम्भव हुँदैन। त्यसैले परिवर्तनको पहिलो प्रश्न हुनुपर्छ—‘अरूले के गरे? ’ होइन, ‘मैले के गरेँर? ’
यदि शिक्षकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छन्, कर्मचारीले सेवाग्राहीलाई निष्पक्ष सेवा दिन्छन्, व्यवसायीले इमानदार व्यापार गर्छन्, राजनीतिज्ञले सार्वजनिक पदलाई निजी लाभको माध्यम बनाउँदैनन् र नागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्छन् भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन आवश्यक छ। अनुसन्धान गर्ने निकाय सक्षम हुनुपर्छ। दोषीमाथि निष्पक्ष कारबाही हुनुपर्छ। सार्वजनिक खर्च पारदर्शी हुनुपर्छ। तर यी सबैभन्दा माथि एउटा कुरा आवश्यक छ—नैतिक संस्कार।कानुनको डरले मात्र इमानदार भएको समाज दीर्घकालीन रूपमा भ्रष्टाचारमुक्त हुन सक्दैन। अवसर नपाउँदा मात्र भ्रष्टाचार नगर्ने होइन, अवसर पाउँदा पनि गलत काम नगर्ने संस्कार विकास गर्नुपर्छ।
हामीले बालबालिकालाई केवल सफल हुन होइन, इमानदार भएर सफल हुन सिकाउनुपर्छ। विद्यालयदेखि घरसम्म सत्य, श्रम, अनुशासन र सार्वजनिक जिम्मेवारीको संस्कार निर्माण गर्नुपर्छ।
नेपाललाई समृद्ध बनाउन केवल नयाँ नारा पर्याप्त छैन। अब नारा व्यवहारमा बदलिनुपर्छ। नेपालको वर्तमान संकट केवल सरकारको संकट होइन, यो हाम्रो राजनीतिक संस्कार, सामाजिक व्यवहार र नागरिक चेतनाको पनि परीक्षा हो। अन्ततः भ्रष्टाचार अन्त्य गर्ने सबैभन्दा ठूलो शक्ति कुनै एउटा कार्यालय, दल वा व्यक्तिसँग मात्र हुँदैन। त्यो शक्ति प्रत्येक नागरिकको विवेकमा हुन्छ। जब गलत कामबाट फाइदा हुँदा पनि ‘म गर्दिनँ’ भन्ने साहस प्रत्येक मनमा जन्मिन्छ, तब भ्रष्टाचारविरुद्धको वास्तविक क्रान्ति सुरु हुन्छ।
देश परिवर्तन गर्नुअघि मन परिवर्तन गर्नुपर्छ। व्यवस्था सुधार्नुअघि व्यवहार सुधार्नुपर्छ। अरूलाई प्रश्न गर्नुअघि आफूलाई प्रश्न गर्नुपर्छ। किनकि भ्रष्टाचारको अन्त्य कानुनबाट सुरु हुन सक्छ, तर त्यसको स्थायी अन्त्य आफ्नै मनबाट मात्र सम्भव छ।
— डि.बि. पराजुली
काठमाडौं । नेपालमा समलिङ्गी विवाह दर्ता, त्यसको कानुनी प्रक्रिया र यसले भविष्यमा नेपाली समाज, परिवार तथा राष्ट्रिय पहिचानमा पार्न सक्ने प्रभावबारे बौद्धिक व्यक्तित्व डा. के.बि. रोकायले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले राजनीतिक दल, धार्मिक संस्था र राज्यका निकायहरू यस विषयमा मौन बसेको भन्दै कडा असन्तुष्टि जनाउनुभएको हो।
डा. के.बि. रोकायद्वारा प्रस्तुत कार्यपत्रमाथिको विशेष कार्यक्रममा डा. प्रकाश रोकायले सहजीकरण गर्नुभएको थियो भने डा. शिलास दिनदयालले वक्ताका रूपमा धारणा राख्नुभएको थियो।
‘मैले १९ वर्षदेखि चेतावनी दिँदै आएको छु’
कार्यपत्र प्रस्तुत गर्दै डा. रोकायले आफू विगत १९ वर्षदेखि, विशेषगरी पछिल्ला ६–७ वर्षयता, नेपालमा समलिङ्गी विवाहको विषयमा निरन्तर आवाज उठाउँदै आएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो,
“मैले सबै कुरा छाडेर यो विषयमा आवाज उठाइरहेको छु। तर यो देशमा राजनीतिक दल बोल्दैनन्, धार्मिक संस्था बोल्दैनन्, समाजका अगुवा बोल्दैनन्।”
उहाँका अनुसार नेपाललाई समलिङ्गीहरूको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने प्रयास भइरहेको भन्ने आफ्नो निष्कर्ष रहेको छ।
‘संसदले कानुन नबनाई विवाह दर्ता भइरहेको छ’
डा. रोकायले नेपालमा संसदबाट स्पष्ट कानुन नबनी सर्वोच्च अदालतको आदेशपछि समलिङ्गी विवाह दर्ता भइरहेको भन्दै यस प्रक्रियामाथि गम्भीर प्रश्न उठाउनुभयो।
उहाँले यो विषयमा जनप्रतिनिधि, नागरिक समाज र आम नागरिकबीच पर्याप्त बहस हुनुपर्ने धारणा राख्दै यसलाई राष्ट्रिय महत्वको विषयका रूपमा लिन आग्रह गर्नुभयो।
अछाम र कैलालीका घटनामाथि प्रश्न
कार्यपत्रमा डा. रोकायले केही वर्षअघि अछामको रामारोशन क्षेत्रमा विदेशी समलिङ्गी व्यक्तिहरू सहभागी भएको “रेन्बो फेमिली फेस्टिभल” तथा कैलाली जिल्लामा भएको अर्को भेलाको उदाहरण दिँदै यस्ता गतिविधिबारे राज्यका निकायले प्रभावकारी अनुगमन नगरेको आरोप लगाउनुभयो।
उहाँका अनुसार यस्ता घटनाले राष्ट्रिय सुरक्षा, प्रशासनिक निगरानी तथा नीतिगत स्पष्टतामाथि प्रश्न उठाएको छ।
‘नेपाललाई अन्तर्राष्ट्रिय विवाह केन्द्र बनाउने योजना’
डा. रोकायले तत्कालीन सरकारले नेपाललाई अन्तर्राष्ट्रिय विवाह केन्द्रका रूपमा विकास गर्ने तथा जनकपुरस्थित जानकी मन्दिरलाई अन्तर्राष्ट्रिय विवाह मण्डपका रूपमा प्रवर्द्धन गर्ने अवधारणा अघि सारेको उल्लेख गर्दै त्यसप्रति आफ्नो असहमति व्यक्त गर्नुभयो।
उहाँले यसले नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानमा दीर्घकालीन प्रभाव पार्न सक्ने आशंका व्यक्त गर्नुभयो।
‘राजनीतिक दल र धार्मिक संस्था किन मौन ?’
कार्यपत्रमा डा. रोकायले प्रमुख राजनीतिक दल, धार्मिक संगठन र समाजका प्रभावशाली व्यक्तिहरूले यस विषयमा सार्वजनिक रूपमा धारणा नराखेको भन्दै प्रश्न उठाउनुभयो।
उहाँले यस विषयमा तथ्य, संविधान, कानुन, मानव अधिकार, सामाजिक यथार्थ र जनभावनालाई आधार बनाएर राष्ट्रिय स्तरको खुला बहस गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विश्वका विभिन्न देशका उदाहरण प्रस्तुत
कार्यपत्रमा उहाँले अमेरिका, रुस, क्यानडा, इटाली, पोल्यान्ड, टर्की, युगान्डा लगायतका विभिन्न देशमा समलिङ्गी अधिकार र त्यससँग सम्बन्धित नीतिगत निर्णयहरू उल्लेख गर्दै विश्वभर यस विषयमा फरक–फरक दृष्टिकोण रहेको बताउनुभयो।
उहाँका अनुसार नेपालले पनि आफ्नो संविधान, संस्कृति, सामाजिक संरचना र राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता छ।
‘अब मौन बस्ने समय छैन’
कार्यक्रमको अन्त्यमा डा. के.बि. रोकायले समलिङ्गी विवाहको विषयलाई नेपालको परिवार, संस्कृति, धर्म, सामाजिक संरचना र राष्ट्रिय पहिचानसँग जोडिएको संवेदनशील विषय भएको आफ्नो धारणा दोहोर्याउँदै सरकार, संसद, राजनीतिक दल, धार्मिक संस्था, कानुनविद्, शिक्षाविद् र नागरिक समाजलाई खुला राष्ट्रिय बहसका लागि आह्वान गर्नुभयो।
उहाँले भन्नुभयो,
“राष्ट्रको भविष्यसँग जोडिएको विषयमा बहस हुनैपर्छ। सबै पक्षले आफ्नो धारणा खुला रूपमा राख्ने समय आएको छ।”
समिक्षा थापा
भक्तपुर, श्रावण ८ – गायक Syangtan Rk को पहिलो तामाङ भाषाको प्रेमगीत ‘डोन्बो श्होसी’ शुक्रबार भक्तपुरको क्लब बागमती, सिपाडोल मा आयोजित एक विशेष समारोहबीच जिग्मे मिडिया प्रोडक्सन मार्फत सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ कलाकार संघका अध्यक्ष तथा चर्चित कलाकार विशाल काल्तान रहेका थिए। विशेष अतिथिहरूमा ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्मलोपसाङ लामा, तामाङ कलाकार संघका पूर्वअध्यक्ष सञ्जीव वाइबा, वरिष्ठ पत्रकार जगत दोङ, नेपाल तामाङ घेदुङका सचिव हिरालाल दोङ लगायत पत्रकार, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय रहेका Syangtan Rk ले यस गीतमार्फत पहिलो पटक तामाङ भाषाको गीत श्रोतामाझ ल्याएका हुन्। कार्यक्रममा बोल्ने वक्ताहरूले तामाङ भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
गीतमा आरके स्याङ्तान र जितु लोप्चन को स्वर रहेको छ। कुमार स्याङ्वा को शब्द, निमा दाङ को संगीत, चन्द सिंह को संगीत संयोजन, दिपेश प्रधान को मिक्सिङ रहेको छ भने रेकर्डिङ संगीत र आवाज स्टुडियो मा गरिएको हो।
भिडियोमा याङ्गी दोङ, मिलन थिङ, अनिता गोले, कुइसाङ रुम्बा र प्रबल थिङ को अभिनय रहेको छ। विशेषगरी याङ्गी दोङ ले प्रस्तुत गरेको भावपूर्ण अभिनयले गीतको कथावस्तुलाई अझ प्रभावशाली बनाएको छ।
‘डोन्बो श्होसी’ अर्थात् मायामा पाउने पीडा र विछोडको अनुभूति लाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा याङ्गी दोङ र मिलन थिङबीचको गहिरो प्रेम सम्बन्धलाई देखाइएको छ। दुवै पात्र प्रेममा रमाइरहेका बेला एक दिन युवतीले आफूले मन पराएको युवकलाई अर्को युवतीसँग रेस्टुरेन्टमा देखेपछि उनीहरूको सम्बन्धमा अविश्वास र दूरी बढ्न थाल्छ। त्यसपछि युवतीको परिवारले अर्कै युवकसँग विवाहका लागि फोटो देखाउँदै सम्बन्ध अघि बढाउन खोज्छ। यही क्रममा युवकले पनि युवतीलाई देख्ने भावुक दृश्यले कथालाई थप मार्मिक बनाएको छ।
भिडियोको निर्देशन सूर्य लामा ले गरेका छन्। छायांकन जेनिस तामाङ, सम्पादन तथा कलर सूर्य लामा, मेकअप रविना लिम्बु ले गरेका छन् भने पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सन ले गरेको हो।
प्रेम, विश्वास, गलतफहमी र विछोडको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको ‘डोन्बो श्होसी’ ले तामाङ संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
– जयराम बिडारी
काठमाडौ / नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।
वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो ।
साहित्य सदन रामहिटी बौद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई नै प्रमुख अतिथिको रुपमा स्विकार गरि कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त ,कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति,महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट कपन अनलाइनका सम्पादक पुण्यराज पुडासैनी सम्मानित गराइएका छन् ।
यसैगरी पत्रिकामा २०८२ सालमा प्रकाशित रचनाहरुबाट नालाङ कबा रचना पुरस्कार पुरुष भलाद्मी भोला,पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कार महिला अंशु भट्ट, अविरल गङ्गा कबा रचना पुरस्कार, मोफसल (पश्चिम नवलपरासी ) बाट विश्वजित गुप्ता,हेमगङ्गा बाल रचना पुरस्कार बाल भावना बराल र भमरकोटे रचना सुसेली पुरस्कारबाट कृष्णप्रसाद पौडेल जस्ताघरे पुरस्कृत/ सम्मानित हुनुभएको छ ।
सो अवसरमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरु विष्णु पन्तलाई सपना अधिकारीले खादा साहित्यकार वासुदेव गुरागाईँ सास ,रामचन्द्र दाहाल र सम्मानपत्र शुकदेव उपाध्यायले प्रदान गर्नुभएको थियो । यसैगरी कबा सम्मानद्वारा सम्मानित साहित्यकार वासुदेव पौडेललाई जमुना पोखरेलले टीका साहित्यकारहरु बुद्धिमान महर्जनले खादा, चन्द्रा न्यौपानेले सास र प्रमाणपत्र ओमप्रसाद कोइरालाले अर्पण गर्नुभएको थियो । कबा सम्मानबाट सम्मानित अर्का व्यक्तित्व शम्भु प्रकृतिलाई मिना सुवेदीले टीका, साहित्यकार तथा पत्रकारहरु श्रीराम पाण्डेले खादा,जयराम बिडारीले सास र ढुण्डिराज पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो समारोहमा महेन्द्र चालिसे संरक्षक रहेको महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत कपन अनलाइनका सम्पादक पुरस्कृत व्यक्तित्व: पुण्यराज पुडासैनीलाई जानकी भारतीले टीका, पत्रकार सिताराम भट्टराईले खादा,साहित्यकारहरु हरिश कल्पितले सास,प्रल्हाद पोखरेलले सम्मानपत्र र इन्दिरा चालिसेले नगद राशि प्रदान गर्नुभएको थियो ।
त्यसैगरी माधवलाल श्रेष्ठ संरक्षक रहेको नालाङ कबा रचना पुरस्कारबाट पुरस्कृत व्यक्तित्व भलाद्मी भोलालाई राधिका पन्तले टीका, श्यामप्रसाद श्रेष्ठले खादा, परशुराम अधिकारीले सास, साहित्यकारहरु गोविन्द घिमिरे ‘वेदमणि’ ले सम्मानपत्र र माधवलाल श्रेष्ठले नगद राशि प्रदान गर्नुभएको थियो । पुष्करप्रसाद श्यामा खरेल संरक्षक रहेका पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कारबाट अंशु भट्टलाई अरुणा ढकालले टीका, (पुष्करप्रसाद श्यामा खरेलकी छोरी) साहित्यकार विमल अर्यालले खादा, कलाकार विक्रम श्रेष्ठले’सागर’ ले सास साहित्यकार वसन्त रिजालले प्रमाणपत्र र संचिता खरेल (पुष्करप्रसाद श्यामा खरेलकी छोरी) ले नगद राशि प्रदान गर्नुभएको थियो ।
यसैगरी गङ्गा लिगल संरक्षक रहेको अविरल गङ्गा कबा रचना पुरस्कार मोफसलबाट पुरस्कृत विश्वजित गुप्तालाई रश्मी रिमालले टीका, प्रमोद नेपालले खादा,रचनाका सम्पादक प्रतिक घिमिरेले सास साहित्यकारहरु पवन आलोकले प्रमाणपत्र र गङ्गा लिगलले नगद राशि प्रदान गर्नुभएको थियो । हेम पौडेल संरक्षक रहेको हेमगङ्गा कबा रचना पुरस्कारबाट पुरस्कृत बालसाहित्यकार भावना बराललाई साहित्यकारहरु शारदा पराजुलीले टीका, किशोर श्रेष्ठले खादा, एन. बी. जनकपुरीले सास, ममता मृदुलले प्रमाणपत्र र गङ्गा पौडेलले नगद राशि प्रदान गर्नुभएको थियो ।
यसैगरि दुर्गा अधिकारी भमरकोटे संस्थापक रहेको भमरकोटे कबा सुसेली रचना पुरस्कारबाट पुरस्कृत व्यक्तित्व कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लाई साहित्कारहरु मेनका पोखरेलले टीका,चेवन बस्नेतले सास, द्वारिका कुईंकेलले प्रमाणपत्र र दुर्गा अधिकारी भमरकोटेले नगद राशि प्रदान गर्नुभएको थियो ।
कबाका संरक्षक तथा प्रतिभा छनौट समितिकी अध्यक्ष गङ्गा पौडेलद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा कबाका स्तम्भकार तथा कवि त्रिलोचन आचार्यद्वारा कबा साहित्यकार उपचार कोषका संरक्षक एवं दाताहरुको देन का बारेमा प्रकाश पारिएकोा थियो ।
कबाका व्यवस्थापक विमल कोइरालाले धन्यवाद र दुर्गा अधिकारी भमरकोटेले सुसेलीबाट प्रतिभा परिचय दिनुभएको थियो ।
आसन र भाषण रहित उक्त कार्यक्रमलाई उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले संक्षिप्त सम्बोधन गरी समापन गरिएको सो कार्यक्रममा कविता दाहालले कुशलतापूर्वक सहजीकरण गरेकी थिइन् ।
काठमाडौं । नेपाली लोकदोहोरी संगीतमा मौलिकता, भावना र सिर्जनशीलताको सुन्दर संयोजन प्रस्तुत गर्दै आएका गायक तथा सर्जक सुरेश अञ्जन नयाँ गीत“ लौननी यस्तो भएँ म किन ?” लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । सार्वजनिक भएको केही समयमै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन सफल भएको छ ।
प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका अनगिन्ती भावनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले सुन्ने जो–कोहीको मन छुने प्रयास गरेको छ । गीतका शब्दहरूमा लुकेको पीडा, मिठास र यथार्थले धेरैलाई आफ्नै जीवनका अधुरा कथा सम्झाइदिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ ।
गीतमा सुरेश अञ्जान र चर्चित गायिका अञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ भने गीतका शब्द तथा संगीत स्वयं सुरेश अञ्जनले सिर्जना गरेका हुन् । लोकभाकाको मौलिक स्वादलाई आधुनिक संगीतको संयोजनसँग सन्तुलित रूपमा प्रस्तुत गरिएको यो गीतमा संगीत संयोजन शिवा कनौजे मगरले गरेका छन् । गीतको ध्वनि पक्षलाई उत्कृष्ट बनाउन बिमल छिनालले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रोजित महर्जनको रेकर्डिङ र डाइनामिक स्टुडियोको प्राविधिक सहयोगले गीतलाई उच्चस्तरीय श्रवण अनुभव प्रदान गरेको छ ।
यो गीत”Suresh Anjan Official 2026″ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो भने गीतको छायांकन अफ्रिकाको नाईजेरियामा गरिएको हो ।
अडियो संगै यो गीतको भिडियो पनि उत्तिकै आकर्षक र भव्य बनेको छ । भिडियोका निर्माता सुरेश अञ्जन हुन् भने निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीले गरेकी हुन् ।
भिडियोमा अनुष्का घर्ती क्षेत्री, धुर्बे, विष्णु गिरी तथा आइशात सनुसीको अभिनय रहेको छ । कलाकारहरूको स्वाभाविक अभिनय र गीतअनुसारको भावाभिव्यक्तिले भिडियोलाई अझ प्रभावशाली बनाएको छ ।
यस भिडियोको अर्को विशेषता भनेको नेपाल र नाइजेरियाका कलाकारहरूको संयुक्त सहभागिता हो । नृत्यमा ओलायिन्का बाबाटुन्डे, वालिउ अडेटोये, अडेबिसी, इम्यानुएल, ओक्पान मिराकल हान्नाह, आयोमिडे अडे, चिकान्गोजी, जोय तथा नेपाली कलाकार गणेश थापाको आकर्षक प्रस्तुति रहेको छ । यसले नेपाली लोकगीतलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने नयाँ प्रयासका रूपमा समेत चर्चा पाएको छ ।
भिडियोको छायांकन टीजे ओलादेजोले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ राजकुमार मगरले गरेका छन् भने पोस्टर डिजाइन एसडी हाउसले तयार गरेको हो । मेकअप अलारा ग्लाम सिग्नेचर्स, लिप्सिङ क्यामेरा सुरेश बोहरा, लोकेसन तथा टिम व्यवस्थापन नुरियत आयोडेजी र पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले सम्हालेका हुन् ।
यस सांगीतिक परियोजनालाई सफल बनाउन साहित्यकार हरि गिरी बिमर्शी, रञ्जित पौडेल, तेजश रेग्मी, मन जीसी, नाइजेरियन नागरिकहरु , गणेश थापा, सुजिता थापा, सुनिल भुसाल, शिव गिरी, सुरेश बोहरा, दुर्गा गिरी (सयपत्री गेष्ट हाउस), शिव गिरी (सयपत्री गेष्ट हाउस), सौगात साउद, मिलन नाथ, मेनुका सोनी, कृष्ण पौडेल तथा शर्मिला पौडेललगायको विशेष सहयोग रहेको निर्माता सुरेश अन्जानले बताएकाछन् ।
सार्वजनिक भएदेखि नै “लौननी यस्तो भएँ म किन ?” ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सार्वजानिक भएको एक सातामै यो गीतले युट्युबमा करिब १५ लाख दर्शकको माया पाएको छ भने टिकटकमा ट्रेडिङ १ मा पर्न सफल भएको छ । युट्युब र टिकटकमा लाखौं दर्शकको रोजाईमा परेको यो गीतको भाव, शब्द, संगीत, गायन, भिडियो निर्माण, छायांकन र नेपाल–नाइजेरियाको सांस्कृतिक सहकार्यलाई दर्शकले विशेष रुचाएका छन् । नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने प्रयासका रूपमा समेत यो गीतलाई हेरिएको छ।
भावनाले भरिएको शब्द, आत्मालाई छुने संगीत, उत्कृष्ट भिडियो निर्माण र नेपाली मौलिकतालाई विश्वमञ्चसँग जोड्ने प्रस्तुति भएकाले “लौननी यस्तो भएँ म किन ?” यस वर्षको चर्चित लोकदोहोरी गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
https://youtu.be/bFr8Qs_A010?list=RDbFr8Qs_A010&t=3
काठमाडौं । वैदेशिक रोजगारीका लागि प्राप्त दक्षिण कोरियाको आकर्षक रोजगारीको अवसर त्यागेर स्वदेशमै उद्यम गर्ने निर्णय गरेका युवा व्यवसायी प्रदीप मैनालीले आफ्नो कम्पनी Fatafat Mistri Pvt. Ltd. मार्फत अब घर निर्माण व्यवसायमा समेत औपचारिक रूपमा प्रवेश गर्ने भएका छन्।
कम्पनीले आगामी २०८३ साल भदौदेखि घर निर्माणसम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनिबाट उपलब्ध गराउने तयारी गरेको मैनालीले जानकारी दिएका छन्। यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र दक्ष मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेन्टिङ, हाउस मेन्टेनेन्सलगायतका प्राविधिक सेवा प्रदान गर्दै आएको थियो। अब त्यसलाई विस्तार गर्दै घर निर्माणको सम्पूर्ण जिम्मा लिने गरी सेवा सञ्चालन गरिने उनले बताए।
मैनालीका अनुसार स्वदेशमै रोजगारी सिर्जना गर्ने, दक्ष जनशक्तिलाई अवसर उपलब्ध गराउने तथा सर्वसाधारणलाई भरपर्दो र गुणस्तरीय निर्माण सेवा दिने उद्देश्यले कम्पनीले सेवा विस्तार गरेको हो।
“विदेश जाने अवसर हुँदाहुँदै पनि मैले आफ्नै देशमा केही गर्ने निर्णय गरेँ। आज धेरै युवालाई रोजगारीसँग जोड्न सफल भएका छौं। अब घर निर्माणको सम्पूर्ण सेवा पनि एउटै कम्पनीमार्फत प्रदान गरेर ग्राहकको विश्वास अझ मजबुत बनाउने लक्ष्य छ,” मैनालीले भने।
कम्पनीका अनुसार ग्राहकले अब घर निर्माणका लागि छुट्टाछुट्टै प्राविधिक खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। योजना, निर्माण, मर्मत तथा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन एउटै कम्पनीमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
कम्पनीको ब्रान्ड एम्बासडर वरिष्ठ पत्रकार ऋषि धमला रहेका छन्। त्यसैगरी अस्ट्रेलियामा रहेका बिमल पोखरेल कम्पनीका सल्लाहकारको भूमिकामा छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) युवा व्यवसायी किरण कार्की रहेका छन् भने प्रबन्ध निर्देशक (MD) राजन श्रेष्ठ, जो हाल फ्रान्समा छन्, कम्पनीको व्यवस्थापनमा सक्रिय छन्।
हाल Fatafat Mistri Pvt. Ltd. ले काठमाडौं उपत्यकाभर आफ्ना सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा सेवा क्षेत्र थप विस्तार गर्दै देशका अन्य स्थानमा समेत आफ्नो पहुँच पुर्याउने योजना बनाएको जनाएको छ।
थप जानकारीका लागि :
मोबाइल : ९८५१२१२५५७
फोन : ०१–५९२८१६०
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा उनलाई सोमबार सुर्खेतमा भएको पार्टी कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ। अनुसन्धान उनको सम्पत्ति तथा आर्थिक कारोबारको स्रोतसम्बन्धी विषयमा केन्द्रित रहेको स्रोतहरूको भनाइ छ।
पौडेल एमालेको संगठन पुनर्गठन तथा चुनावी समीक्षा कार्यक्रमका लागि सुर्खेत पुगेका थिए।
यस विषयमा नेकपा एमालेको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।
रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ स्थित डहु माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्दै ग्रामीण क्षेत्रको नमुना विद्यालयको रूपमा स्थापित हुँदै गएको छ। SEE देखि कक्षा १२ सम्म निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको यस विद्यालयले राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउन सफल भएको छ।
वि.सं. २०१८ सालमा स्थापना भएको डहु माध्यमिक विद्यालयले प्रारम्भिक तहदेखि कक्षा १२ सम्म शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा हाल करिब ५८० विद्यार्थी अध्ययनरत रहेको र विभिन्न जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्।
डहु माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) मा पनि उत्कृष्ट नतिजा निकाल्दै आएको छ। पछिल्लो SEE नतिजामा विद्यालयको औसत जिपिए ३.७६ पुगेको थियो भने केही विद्यार्थीले ४.० जिपिएसम्म हासिल गर्न सफल भएका थिए।
विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) सञ्चालन गर्दै विद्यार्थीलाई समयअनुकूल र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको छ।
कक्षा १२ को परीक्षामा डहु माध्यमिक विद्यालयकी छात्रा सरू तामाङले ३.९७ जिपिए प्राप्त गर्दै देशभरमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्।
त्यस्तै, विद्यालयले कक्षा १२ को परीक्षामा शतप्रतिशत सफलता हासिल गरेको छ। परीक्षामा सहभागी २१ जना विद्यार्थीमध्ये २० जनाले ३.६० भन्दा माथि जिपिए प्राप्त गरेका छन् भने विद्यालयको औसत जिपिए ३.७७ रहेको छ।
यो उपलब्धिले डहु माध्यमिक विद्यालयलाई रामेछापको मात्र नभई देशकै उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा उभ्याएको छ।
शिक्षकको मेहनत र विद्यार्थीको लगनले बनेको सफलता
विद्यालयको सफलतामा विद्यार्थीको मेहनत, शिक्षकहरूको निरन्तर प्रयास, अभिभावकको साथ तथा विद्यालय व्यवस्थापनको प्रभावकारी भूमिकालाई मुख्य आधार मानिएको छ।
विद्यालयले प्रविधिमैत्री सिकाइ, अनुशासन, अतिरिक्त क्रियाकलाप र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ। कम्प्युटर प्रयोगशाला, आधुनिक शिक्षण विधि तथा व्यावहारिक ज्ञानलाई प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिइएको छ।
अघिल्लो वर्ष पनि डहु माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो। लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीले पनि अवसर पाएमा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
सुनापति–४ को डहुबाट सुरु भएको शैक्षिक यात्राले अहिले देशभर चर्चा पाउन थालेको छ। विद्यालय परिवारले आगामी दिनमा अझ उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ।
काठमाडौं । निरन्तरको संघर्ष, अथक परिश्रम, गुणस्तरीय सेवा र ग्राहकप्रतिको अटल विश्वासले अन्ततः राष्ट्रिय स्तरको गौरव दिलाएको छ। नेपाली फर्निचर उद्योगमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सोफा हब काठमाडौं का प्रबन्ध निर्देशक तारालाल धरेल प्रतिष्ठित ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
राजधानी काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न १८औँ कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड–२०२६ समारोहमा धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो। कर्पोरेट मिडिया ग्रुपद्वारा ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त समारोहमा देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रमुख, नीति निर्माता र विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फर्निचर उद्योगमा गुणस्तर, विश्वास र नवीनताको पर्याय बनेको सोफा हब काठमाडौंले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ। नेपाली बजारमा आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र ग्राहकमैत्री सेवाका कारण सोफा हब आज हजारौं ग्राहकको पहिलो रोजाइ बन्न सफल भएको छ। यही योगदानको कदरस्वरूप राष्ट्रिय स्तरको यो प्रतिष्ठित सम्मान प्राप्त भएको हो।
अवार्ड ग्रहण गर्दै प्रबन्ध निर्देशक तारालाल धरेलले यो सम्मान व्यक्तिगत नभई सम्पूर्ण सोफा हब परिवार, शुभेच्छुक ग्राहक तथा सहयोगीहरूको साझा उपलब्धि भएको बताए। उनले भने, “हामीले सधैं ग्राहकको आवश्यकता र सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्यौं। आज प्राप्त यो सम्मानले अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा दिएको छ।”
धरेलको नेतृत्वमा सोफा हब काठमाडौंले नेपाली फर्निचर उद्योगमा नयाँ सोच र नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। आकर्षक डिजाइन, टिकाउ सामग्री, दक्ष जनशक्ति र समयानुकूल उत्पादनमार्फत कम्पनीले बजारमा आफ्नो छुट्टै छवि निर्माण गरेको छ। घर, कार्यालय, होटल, रेष्टुरेन्टदेखि विभिन्न कर्पोरेट संस्थासम्मका लागि आधुनिक तथा सुविधायुक्त फर्निचर उपलब्ध गराउँदै आएको सोफा हबले ग्राहकको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मान्दै आएको छ।
व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई समाज र राष्ट्र निर्माणको आधार पनि हो भन्ने सोचका साथ अघि बढिरहेका धरेलले रोजगार सिर्जना, स्वदेशी उत्पादन प्रवर्द्धन तथा नेपाली फर्निचर उद्योगको विकासमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। यही कारणले उनी आज उद्यमशीलताको क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन्।
कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड–२०२६ मा बैंकिङ, बीमा, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रका विभिन्न व्यक्ति र संस्थाहरू सम्मानित भए पनि फर्निचर उद्योगतर्फबाट प्राप्त यो सम्मानले सोफा हब काठमाडौंलाई विशेष उचाइमा पुर्याएको व्यवसायिक वृत्तमा चर्चा छ। उद्योग जगतका जानकारहरूका अनुसार यो अवार्डले सोफा हबको ब्राण्ड मूल्य, विश्वसनीयता र बजार प्रतिष्ठालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
ग्राहकको सपना, घरको सौन्दर्य र आरामदायी जीवनशैलीलाई केन्द्रमा राखेर सेवा दिँदै आएको सोफा हब काठमाडौंले आगामी दिनमा अझ आधुनिक, गुणस्तरीय र नवप्रवर्तनयुक्त उत्पादन बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार नेपाली फर्निचर उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नयाँ प्रविधि, नयाँ डिजाइन र उत्कृष्ट सेवामा निरन्तर लगानी गरिनेछ।
आज प्राप्त ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड–२०२६’ केवल एउटा ट्रफी वा सम्मानपत्र मात्र होइन, यो वर्षौंको संघर्ष, ग्राहकको विश्वास, कर्मचारीहरूको मेहनत र एउटा सपना साकार हुँदै गएको ऐतिहासिक क्षण हो। यही उपलब्धिले सोफा हब काठमाडौंलाई अझ उचाइतर्फ अघि बढ्न ऊर्जा दिएको छ।
फर्निचर उद्योगमा उत्कृष्टता, विश्वास र गुणस्तरको अर्को नामका रूपमा स्थापित सोफा हब काठमाडौं र यसको सफल नेतृत्वकर्ता तारालाल धरेल का लागि यो सम्मान नयाँ इतिहास र नयाँ यात्राको सुरुवातका रूपमा हेरिएको छ।





