२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको आज प्रशारण भएको गीत “ ए मेरो जुनमाया ” प्रशारण भएकै दिनबाट चर्चा बटुल्न सफल भएको छ ।
करिब ६ करोड भन्दा माथि दर्शकको माया पाएको “ माया पिरतीमा बैना मार्दिउ की ” बोलको गीत गाएका गायक बस्नेतका त्यस पछाडीका सबैजसो गीतहरु दर्शक श्रोताको रोजाईमा पर्ने गरेको छ ।
सामाजिक अभियानमा समेत सकृय बस्नेतले सयौं गीतहरु बजारमा ल्याई सकेका छन् । उनका गीतहरु माया प्रेमका मात्र छैनन् । उनले राष्ट्रिय भावनाले भरिएका गीतहरु समेत गाएका छन् । उनको गीतमा नेपालका उच्च तहका राजनैतिक व्यक्तित्वहरुले समेत अभिनय गरेका छन् ।
आज आफ्नै युटुब च्यानल “ तिलक बस्नेत अफिसियल युटुब ” बाट सार्वजानिक भएको गीत निकै रफ्तारका साथ अगाडी गएको छ । यो गीतमा छोटो समयमा टीकटक बनाउनेको भिड समेत बढ्दै गएको छ ।
तिलक बस्नेत र देवी घर्तीको स्वरमा रहेको यो गीतको रचना र संगीत उनै बस्नेतको हो भने यो गितको एरेन्ज,मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।
वेभ स्टुडीयोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ बिनोद महतराले गरेका हुन् ।
मुकेश नेपालीको नृत्य निर्देशन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री विश्वकर्मा,माया विश्वकर्मा,राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा श्रीयांसी लामिछानेको अभिनय रहेको छ ।
भिडियो निर्माणमा सिनेमाटोग्राफरमा रेशम दर्लामी र सम्पादन र कलरिङमा अमृत चापागाईले साथ दिएका छन् भने मेकअपमा बिनिता गरुङको कला प्रस्तुत भएको छ ।
यो गीत प्रशारण भए संगै गायक तिलक बस्नेतले दर्शक श्रोताले नयाँ खुराकको रुपमा पाउने दावी समेत गरेका छन् ।
श्रोत, साधन, मेहेनत र टिममा रहेका सबैको साथ सपोर्टको कारण यो गीत र भिडियो उत्कृष्ट बनेको भन्दै गायक बस्नेतले सम्पुर्ण टिम प्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
दर्शक श्रोताको मायाको कारण आफुले अझ उत्कृष्ट रचना पस्किन सक्ने भन्दै यो गीत सुनेर र भिडियो हेरेर रचनात्मक सल्लाह सुझाव दिन गायक बस्नेतले आम दर्शक श्रोतामा आग्रह समेत गरेका छन् ।

पत्रकार मुकुन्द ढुँगाना

सञ्चार साधन मानव समाजको आँखाजस्तै हुन्। समाजले देख्न नसकेको कुरा देखाउने, बुझ्न नसकेको कुरा खुलाउने, अन्याय–अत्याचारविरुद्ध आवाज उठाउने, अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्न मार्गदर्शन गर्ने काम पत्रकारिताले गर्छ। तर पत्रकारिता शक्तिशाली पनि हो, संवेदनशील पनि। यही शक्तिको सही प्रयोग नभए पत्रकारिता समाधान नभई समस्याको स्रोत बन्न सक्छ। त्यसैले “जवाफदेही र उत्तरदायी पत्रकारिता” हाम्रो समयमा सबैभन्दा महत्वपूर्ण विषय बनेको छ।

आजको डिजिटल युगमा सूचना प्रवाहको गति अत्यन्त तीव्र छ। तर गति मात्र पर्याप्त हुँदैन, समाचार ठ्याक्कै, निष्पक्ष र नैतिक हुनुपर्छ। पत्रकार मुकुन्द ढुँगानाको दृष्टिमा, पत्रकारिताको मूल आत्मा नै आचारसंहिताप्रति प्रतिबद्धता हो। आचारसंहिता पालन नहुँदा पत्रकारिता दिशाहीन मात्र होइन, समाजलाई भ्रमित बनाउने खतरा बढ्छ।

१. पत्रकारिताको विश्वसनीयता: आचारसंहिताको मेरुदण्ड

विश्वसनीयता पत्रकारिताको जीवन हो। पत्रकारले विश्वास गुमाए भने समाचार, विश्लेषण वा सम्पादकीय केही पनि अर्थ राख्दैन।
आचारसंहिता नै त्यो ढोका हो जसले पत्रकारलाई सत्यतिर उभ्याउँछ।

ढुँगानाका अनुसार पत्रकारिताको तीन मुख्य आधार छन्—

सत्यता (Accuracy)

निष्पक्षता (Fairness)

उत्तरदायित्व (Accountability)

यी आधारबाट विचलित हुनेबित्तिकै पत्रकारिता कमजोर, विवादास्पद र पक्षपाती बन्छ।

२. तथ्यभन्दा पहिले आकर्षण: अहिलेको मुख्य चुनौती

आजभोलि ‘भ्यूज’, ‘क्लिक’, ‘ट्र्यान्ड’ र ‘भाइरल’ नाममा धेरैजसो मिडिया प्रतिस्पर्धामा छन्। सनसनीपूर्ण शीर्षक, आधा–सत्य, अनुमान, अपुष्ट तथ्य, अफवाहलाई समाचार बनाउने प्रवृत्ति बढ्दैछ।
ढुँगाना भन्छन्—
“पत्रकारितामा सर्वाधिक घातक कुरा भनेको अपुष्ट सूचना हो।”

जब समाचारको प्राथमिकता तथ्य होइन, प्रभाव पार्ने उद्देश्य हुन्छ, तब–

पात्रको मानमर्दन हुन्छ

घटनाको यथार्थ बङ्गिन्छ

समाजमा गलत धारणा फैलिन्छ

मिडिया प्रति जनविश्वास घट्छ

यही कारणले आचारसंहिता पालन अनिवार्य छ।

३. जनताप्रति पत्रकारको उत्तरदायित्व

पत्रकारिताको पहिलो निष्ठा सधैँ जनताप्रति हो।
पत्रकारले लेख्ने प्रत्येक शब्द, प्रसारण गर्ने प्रत्येक सूचना, उभ्याउने प्रत्येक प्रश्न—सबैको प्रभाव जनतामाथि पर्छ।

ढुँगाना लेख्छन्—
“पत्रकारको कलम सत्यका लागि हो, टकराव वा बदनाम गर्ने लागि होइन।”

उत्तरदायी पत्रकारले के गर्छ?

घटना सत्यापन गर्छ

दुई पक्षको आवाज सुन्छ

तथ्यलाई तोडमोड गर्दैन

व्यक्तिगत/दलगत लाभभन्दा माथि उठ्छ

पीडित, हाम्रा संवेदनशील समुदाय र कानुनी अधिकारको सम्मान गर्छ

यसरी मात्रै पत्रकारिता लोकतन्त्रको रक्षक बन्न सक्छ।

४. प्रेस स्वतन्त्रता र आचारसंहिता—एक–अर्काको पूरक

प्रेस स्वतन्त्रता अत्यन्त महत्वपूर्ण हो। तर स्वतन्त्रता स्वतन्त्रतै हो, स्वेच्छाचारिता होइन।
स्वतन्त्रताको अर्थ मनलाग्दी होइन;
स्वतन्त्रताको अर्थ जिम्मेवारीसहितको स्वतन्त्रता हो।

आचारसंहिता पालन गरे मात्र पत्रकारले—

स्वतन्त्रताको मर्यादा कायम गर्छ

आलोचना विश्वसनीय बनाउँछ

सरकार, शक्ति र संस्थाहरूलाई जवाफदेही बनाउँछ

प्रेस स्वतन्त्रता र पत्रकार आचारसंहिता दुबै मिलेर समाजको सूचना प्रणालीलाई बलियो बनाउँछन्।

५. डिजिटल युगमा नयाँ खतरा: साइबर पत्रकारिताको मर्यादा

सोशल मिडिया, यूट्युब, टिकटक, डिजिटल ब्लग—सब काठमाडौंदेखि गाउँसम्म पत्रकारिताको माध्यम बनेका छन्।
तर मान्यताप्राप्त मिडिया जस्तै आचारसंहिता धेरैले पालना गर्दैनन्।
ढुँगानाको चेतावनी छ—
“डिजिटल मञ्चमा पत्रकारिता गर्नेलाई अझ बढी नैतिक बन्धन आवश्यक छ।”

किनकि:

गलत कुरा सेकेन्डमै फैलिन्छ

भ्रामक सामग्री जनमानसमा गहिरो असर पार्छ

व्यक्तिगत गोपनीयता भंग हुने जोखिम बढ्छ

भाषिक हिंसा र चरित्रहत्या सहज हुन्छ

त्यसैले डिजिटल पत्रकारितामा पारदर्शिता, सत्यता र संवेदनशीलता दोब्बर महत्वको हुन्छ।

६. निष्कर्ष—आचारसंहिता भनेको पत्रकारिताको नैतिक ढाल

पत्रकार मुकुन्द ढुँगानाको सम्पादकीय निष्कर्ष स्पष्ट छ—
“आचारसंहिता बिना पत्रकारिता incomplete मात्र होइन, खतरनाक हुन्छ।”

जवाफदेही, उत्तरदायी, तथ्यमा आधारित पत्रकारिता समाजलाई प्रकाशतिर लैजान्छ।
विना आचारसंहिता पत्रकारिता अराजकता, भ्रम र अविश्वासको कारण बन्छ।

त्यसैले—

सत्य भनौँ

प्रमाणसहित लेखौँ

निष्पक्ष बनौँ

मर्यादा र संवेदनशीलतामा उभिऔँ

आचारसंहिता पालन गर्दै लोकतन्त्र र जनताको पक्षमा पत्रकारिता गरौँ

यही हो उत्तरदायी पत्रकारिताको वास्तविक स्वरूप।


काठमाडौं । कुमारी माध्यमिक बिद्यालयको आयोजनामा पेङ दोर्जे आकृति सहितको डम्फु पार्क खानीखोला ४मा शैक्षिक वनभोज कार्यक्रम २०८२ सम्पन्न भएको छ ।
खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङको प्रमुख आतिथ्यमा सम्पन्न वनभोज कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार तिमल्सिना रहनु भएको थियो भने कार्यक्रममा ४ नं वडाका वडाध्यक्ष निशान मोक्तान,जनप्रतिनिधि,शिक्षाशाखा,विद्यालय ब्यबस्थापन समिति,शिक्षक,अभिभावक संघ समिति र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
खानिखोला सरकारको गौरवको आयोजना र संघीय सरकारको आर्थिक सहयोगमा गतवर्ष मात्र निर्माण भएको डम्फू पार्क विशेष गरेर तामाङ समुदाय को संस्कृति झल्किने महत्त्वपूर्ण पार्क भएकोले पर्यटन विकासको प्रवर्धन गर्ने उदेश्य रहेको र खानिखोलाको सात वटै वडाको भूगोल र काभ्रे सिन्धुली मकवानपुर र केही बाराजिल्लाको दृश्य समेत अवलोकन र देख्न सक्ने भएको हुदा पालिका तथा अन्तरपालिकाको विद्यालयहरुलाई पनि खुल्ला बनभोज तथा घुम्नलाई जाँउ है खानिखोलाको पेङ्दोर्जे डम्फूपार्क भनेर अनुरोध पनि गरिएको आयोजक समितिका सदस्य रुपेश लोप्चनले बताएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य नीर माया घिसिङ र बिस्नु माया मोक्तानले डम्फूरे गित गाएर स्वागत गरेका थिए भने विभिन्न नाच गान तथा नृत्य सहित मनोरन्जन गरेर कार्यक्रम सम्पन्न भएको थियो ।
यस कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, टोलीगत कार्य, सकारात्मक सोच, अनुशासन तथा सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान र्पुयाएको छ । साथै, प्रकृतिसँग नजिकिँदै शिक्षा र मनोरञ्जनको सुन्दर संयोजन प्रस्तुत गर्न पाएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त व्यक्त गरिएको छ ।
शैक्षिक वनभोज कार्यक्रमलाई भव्यता र सफलतापूर्वक सम्पन्न गर्न सहकार्य, सहभागिता र सद्भाव प्रकट गर्नुभएकोमा कार्यक्रमको योजना, व्यवस्थापन र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको सम्पूर्ण शिक्षक–कर्मचारी, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक सघ , सहयोगी हातहरु, यातायात व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षामा खटिनुभएको टोली, स्वयम् सेवक विद्यार्थी भाइवहिनिहरु र अभिभावकहरूको भरपूर समर्थनप्रति विद्यालयले आभार प्रकट गरेको छ
विद्यार्थीहरूको अनुशासन, उत्साह र शिष्ट व्यवहारले यस कार्यक्रमलाई अझै अनुकरणीय बनाएकोमा विशेष प्रसंसा गर्दै भविष्यमा पनि यस्तै सकारात्मक ऊर्जा, सहकार्य र सामूहिक भावना कायम रहोस्, र विद्यालय निरन्तर सिकाइ, सिर्जनशीलता र उत्कृष्टताबाट अघि बढिरहोस् भन्ने विद्यालय परिवारले कामना समेत गरेको छ ।

सुरेन्द्र तामाङ

रामेछाप- गोकुलगंगा गाउँपालिका स्तरीय छैठौ राष्ट्रपती रनिङ शिल्डको उपाधि वडा नं २ स्थित शारदा मा.वि ठोसेले उचालेको छन। मंसिर १९ देखि २१ गते सम्म संन्चालन भएका उक्त प्रतियोगितामा गोकुलगंगा गाउँपालिका का ७ बिध्यालय सहभागी भएका थियो । तीन खेल बिधाका ३९ ईभेनमा छात्र / छात्रा गरि २५८ जना खेलाडीहरु सहभागी भएका थिए ।

खेल प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, ५ कास्यसहित कूल २० पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै शारदा मा. वि . गोकुलगंगा गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छन । त्यस्तै वडा नं ३ रस्नालु को गोकुलगंगा माविले ८ स्वर्ण, ५ रजत, ९ कांस्यसहित २२ पदक जितेर दोस्रो भएको छ र वडा नं ४ बेतालीको जनजागृति मावि ले ७ स्वर्ण, ८ रजत ७ कांस्यसहित तेस्रो बनेको छ।
उक्त कार्यक्रम गोकुलगंगा गाउँपालिका द्वारा आयोजित कमलादेबि मा.वि को ब्यबस्थापनमा विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्ष उषादेवी कार्की (बस्नेत)सहितको उपस्थितिमा शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्द्दै गोकुलगंगा गाउँपालिकाद्वारा आयोजित छैटौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरियो ।

काठमाडौं । कीर्तिपुर नगरपालिकाको राम्रो स्तरको विद्यालयमा नाम लेखाउन सफल,अध्यात्म,विज्ञान,प्रविधि र उद्यमशीलता मोडलमा पढाईहुने कश्यप एकेडेमीमा रोबोटिक्स र एआई प्रदर्शनी २०२५ भव्य रुपमा सम्पन्न भएको छ ।
करिब २ दर्जन फरक फरक यन्त्रको स्टल राखिएको प्रदर्शनी हेर्न र बुझ्न विद्यालयका विद्यार्थी,अभिभावक,शिक्षक,शिक्षिका,कर्मचारी तथा अन्य विद्यालयको विद्यार्थी र शिक्षकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
प्रदर्शनीमा विद्युतिय सेनिटाईजेसन मेसिन, मुटुको धड्कन नाप्ने मेसिन,पानिको ट्याङ्की भरिनु भन्दा अगाडी नै साईरन ( जनाउ ) बज्ने मेसिन , भुकम्पको बेलामा साईरन बज्ने मेसिन, सडकमा फिट गरेर गाडीको स्पिड नाप्ने मेसिन, बिभिन्न खेलहरु खेल्न सकिने मेसिनहरु तथा सामान ओसार पसार गर्न सकिने ड्रोन राखिएको थियो ।
यो कार्यक्रममा प्राविधिक सहयोग एमिका एकेडेमी अफ ईनोभेसनले गरेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै एकेडेमीका प्रिन्सिपल आर बि अधिकारीले बिभिन्न क्षेत्रका व्यक्तित्वहरु एवम् अभिभावकहरुको उत्साहजनक उपस्थिति तथा प्रोत्साहन र उत्साहले कार्यक्रमलाई अविश्वसनीय ऊर्जाले भरिदिएको बताउनु भयो ।
युवा आविष्कारकहरूले आफ्नो रचनात्मकता कार्य संगै समस्या समाधान र भविष्यवादी विचारहरू आत्मविश्वासका साथ प्रदर्शन गरे जसले कश्यप एकेडेमीमा अध्यात्म, विज्ञान र प्रविधि, र उद्यमशीलता को भावना साँच्चै जीवित छ भनेर प्रमाणित गरेको प्रिन्सिपल अधिकारीले आफ्नो धारणा व्यक्त गर्नु भयो ।
प्रत्येक मोडेललाई कार्यन्वयनमा ल्याउन अथक प्रयास गर्ने शिक्षकहरू, सहयोगी अभिभावकहरू र प्रतिभाशाली विद्यार्थीहरूप्रति विद्यालय परिवारले हार्दिक आभार समेत प्रकट गरेको छ ।
यस्ता कार्यक्रकहरुले विचारक, सिर्जनाकर्ता र दयालु नेताहरूको नयाँ पुस्ता निर्माण हुने कुरामा विद्यालय विस्वस्त रहेको विद्यालय व्यवस्थापनले जनाएको छ ।
यो विद्यालयले विद्यार्थीहरूलाई उनीहरूको क्षमताको पूर्ण अन्वेषण गर्न मद्दत गर्न प्रविधि, परियोजना आधारित सिकाइ र आध्यात्मिकता समावेश गर्ने शिक्षण पद्धति प्रयोग गरिरहेको छ ।
विद्यालयको दृष्टिकोण भनेको दक्ष, जानकार र आफूसँग मिल्ने, विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गरी राम्रो समाज सिर्जना गर्ने, सक्षम व्यक्तिहरूको विकास रहेको छ ।
कश्यप एकेडेमीले आध्यात्मिक सिद्धान्तहरू, वैज्ञानिक सोधपुछ, र उद्यमशीलता सीपहरूको मिश्रण गर्ने एक अद्वितीय शैक्षिक अनुभव प्रदान गर्दछ । आध्यात्मिकता, विज्ञान र उद्यमशीलता फैलिएको पाठ्यक्रमको साथ, विद्यार्थीहरू माइन्डफुलनेस अभ्यास, कठोर अध्ययन र व्यवसाय शिक्षामा संलग्न हुन सक्ने आधार तयार समेत गरिदिएको छ ।
कश्यप एकेडेमीमा विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता र आध्यात्मिक कल्याणलाई प्राथमिकता दिएर सजगता, नैतिक छलफल र आत्मनिरीक्षण गतिविधिहरू मार्फत, आन्तरिक शान्ति, करुणा र सहानुभूतिलाई बढावा दिने प्रयास पनि गरिदै आएको छ ।
कश्यप एकेडेमीमा विद्यार्थी हरूलाई विज्ञान र प्रविधिलाई गहिरो रूपमा बुझ्न प्रेरित गर्ने, तिनीहरूलाई परिवर्तनशील संसारको लागि तयार पार्ने, व्यावहारिक प्रयोगहरू, अन्तरक्रियात्मक पाठहरू, र उन्नत स्रोतहरूले जिज्ञासा र नवीनता जगाउने कार्यहरु गरिदै आएको छ ।
यस विद्यालयमा विद्यार्थीहरूले प्रकृति, एआई र रोबोटिक्सको अन्वेषण गर्छन् । आलोचनात्मक रूपमा सोच्ने र रचनात्मक रूपमा समस्याको समाधान गर्छन् र अनन्त वैज्ञानिक सम्भावनाहरूलाई अँगाल्न सक्ने क्षमताको बिकास गर्छन् ।
उद्यमशीलता कश्यप एकेडेमीको क्क्भ् मोडेलको मूल भाग हो । विद्यार्थीहरूलाई अवसरहरू पहिचान गर्न र विचारहरूलाई वास्तविकतामा परिणत गर्न सशक्त बनाउने, यावहारिक परियोजनाहरू, परामर्श र सिमुलेशनहरू मार्फत, उनीहरूले नेतृत्व, सञ्चार र समस्या समाधान गर्ने सीपहरू विकास गर्ने कश्यप एकेडेमीको मुख्य उदेश्य हो ।

Pakistan passed the Minorities Rights Bill 2025 with a strong parliamentary majority, fulfilling a long-pending Supreme Court directive to establish an independent body for safeguarding non-Muslim minorities. After being returned by the President over Islamic compliance concerns, the bill was amended through consensus with religious leaders to align with the Quran and Sunnah. The final law creates a powerful, autonomous commission with minority leadership, investigative authority, financial independence, and a national action plan, while removing Clause 35 and limiting its scope to non-Muslim minorities. It is widely seen as a historic step, with effectiveness now dependent on implementation.
a. Parliament passed the Minorities Rights Bill 2025 with a 160–79 vote, despite PTI and JUI-F opposition.
b. The bill fulfills the 2014 Supreme Court directive to form an independent minorities’ rights body.
c. President Zardari had returned the bill earlier under Article 75(1) over concerns regarding Islamic compliance.
d. Consensus was achieved in August 2025 at Aiwan-e-Sadr after consultations with religious leaders.
e. The final version ensures full alignment with the Quran and Sunnah, addressing all major objections.
f. Clause 35 was removed to avoid misinterpretation or misuse of the term “minority.”
g. A new autonomous statutory commission is established with 18 members led by a minority chairperson.
h. At least 10 members will belong to minority communities, including smaller groups such as Bahá’ís and Kalash.
i. The Commission now holds full authority for suo motu action, investigations, and prosecution referrals.
j. A National Council for Minorities is created to support interfaith harmony and advisory oversight.
k. The Commission will monitor job quotas, education access, and implementation of constitutional rights.
l. A National Action Plan for minority welfare is made mandatory under the new law.
m. Regional sub-offices will ensure minorities get easier local access to services and complaint channels.
n. The Commission will receive a dedicated federal budget, ensuring financial independence and continuity.
o. The scope is limited to non-Muslim minorities only, preventing overlap with general human rights bodies.
Effects
a. This bill strengthens Pakistan’s constitutional commitment to protecting all citizens, improving national cohesion.
b. This bill enhances the country’s global image by aligning with international human rights standards.
c. This bill helps reduce incidents of discrimination, forced conversions, and violence through a proactive watchdog.
d. This bill builds trust among minority communities, strengthening social harmony and integration.
e. This bill creates a clear legal and institutional framework, reducing reliance on ad-hoc or temporary setups.
f. This bill increases government accountability through binding recommendations and investigative powers.
g. This bill promotes interfaith understanding and peace through structured advisory platforms.
h. This bill supports better implementation of job and education quotas, improving minority participation in the workforce.
i. This bill reduces political controversy by ensuring Sharia-compliant safeguards and consensus-driven amendments.
j. This bill boosts Pakistan’s credibility in international forums, improving diplomatic relations and reducing criticism.
k. This bill ensures uninterrupted functioning of the Commission due to dedicated federal funding.

काठमाडौं । देशमा अन्यौलता , अस्थिरता , बेरोजगारी जस्ता समस्याले गर्दा देशै नरहने अवस्थामा,पुग्ने हो कि भन्ने हल्लाले आम नेपालीहरुमा त्रास भ ई रहेको अवस्थालाई सन्तुलनमा राख्ने उदेश्यले एउटा नयाँ स्वदेशगान रेकर्ड  भएको छ ।
सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीको शब्द लाई चर्चित गायक रुपक डोटेलको स्वरमा यो गीत रेकर्ड सम्पन्न गरिएको हो ।
सामाखुसी रेडन स्थित एरिका डिजिटल स्टुडियो मा रेकर्ड भएको यो गीतमा संगीत  सर्जक,मोडल तथा एक्टिभ ईन्टरटेनमेन्ट का सन्चालक बिजेन्द्र नौबागेले गर्नु भएको हो भने यसको एरेन्ज बहु प्रतिभाको धनी सुनिल परियार ले गर्नु भएको हो ।
देशभक्ति पुर्ण भावना जोडिएका सब्द रहेको यो गीतको रेकर्ड सिन्धुपाल्चोकके ठिटो मदन परियार ( सुफिक्स) ले गर्नु भएको हो ।
यो गीतको सब्दहरुले आम नेपाली हरुको मन छुने कुरामा आफू बिस्वस्त्त रहेको गीतका रचनकार डि.बि. पराजुलीले बताउनु भयो ।
त्यस्तै गीतको संगीत र एरेन्ज पनि उत्कृष्ट भएको गीतका संगीतकार बिजेन्द्र नौबागेको दाबी छ ।
यश भन्दा अगाडीका स्वदेश गान हरु गाउँँदा भन्दा यो स्वदेश गान गाउँदा देशभक्ति  प्रति नयाँ उर्जा आएको भन्दै गीतका शब्द ,संगीत र स्वरको संयोजन मिलेको गायक रुपक डोटेल ले प्रतिक्रिया दिनु भएको छ ।
गीत एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.ले बजारमा ल्याउन लागेको हो ।
यो गीत मंसिर महिना को अन्तिम सम्म वा पुष महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी रहेको छ ।

भक्तपुर–गुण्डु ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि गुण्डुमा निर्माण हुन लागेको ‘ओली कुटी’ आज विधिवत् रूपमा सुरु गरिएको छ। ओलीकी पत्नी राधिका शाक्यले पूजापाठसँगै शिलान्यास सम्पन्न गर्दै कुटी निर्माणको औपचारिक सुरुआत गरिन्।

शिलान्यास कार्यक्रममा स्थानीयवासी, एमाले कार्यकर्ता र विभिन्न तह–तप्का का नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

महेश बस्नेत भन्छन ओलीजीप्रति गुण्डुवासीको माया र सम्मानको प्रतीक हो यो कुटी। सुरक्षित, आकर्षक र व्यवस्थित संरचना निर्माण गर्न हामीले आवश्यक सहयोग र समन्वय जारी राख्छौँ। अब निर्माण कार्य अझ तीव्र गतिमा अघि बढ्नेछ।”

स्थानीयका अनुसार ओलीजस्तो राष्ट्रिय नेता हाम्रो गाउँसँग भावनात्मक रूपमा जोडिनु हाम्रो लागि गौरवको कुरा हो। आजको शिलान्यासले गुण्डुको पहिचान अझै व्यापक बनाउन सहयोग पुर्‍याउँछ।”
यो कुटी केवल एक संरचना मात्र होइन, यहाँका बासिन्दाले गरेको सम्मानको प्रतिक हो। हामी समुदायले पनि निर्माणमा सहयोग गर्नेछौँ

बालकोटस्थित ओली परिवारको पुरानो निवास जेन-जीहरुको, आन्दोलनको क्रममा  आगलागीका कारण जलेर नष्ट भएपछि
सुरक्षित, मजबुत र योजनाबद्ध कुटी निर्माण गर्ने तयारी एमाले नेतृत्वले अघि बढाएको थियो।
आजको शिलान्याससँगै अब डिजाइन, पिल्लर बेस, संरचनात्मक काम तीव्र रूपमा अघि बढ्ने एमाले स्रोतले जनाएको छ।

सुरेन्द्र तामाङ

रामेछाप- उमाकुण्ड गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधी कैलेश्वर मा.विले जितेको छन। मंसिर १५ देखि १७ गते सम्म सन्चालन भएका उक्त प्रतियोगितामा उमाकुण्ड गाउँपालिका का ७ बिध्यालय सहभागि भएको थियो । तीन बिधाका ३० ईभेनमा छात्र / छात्रा गरि २४२ जना खेलाडीहरु सहभागी भएका थिए । सम्पुर्ण खेलाडी निर्णायक स्वयमसेवकहरु लाई आयोजकले कार्यक्रमभर बिमाको व्यवस्था समेत गरेका थिए 

खेल प्रतियोगितामा ११ स्वर्ण ८ रजत र ६ कास्य पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै कैलेश्वर मा. वि ले उमाकुण्ड गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छन । त्यस्तै चण्डेश्वरि मा. वि को १० स्वर्ण ८ रजत र १ कास्य पदक सहित दोस्रो , जनता मा. वि ले ६ स्वर्ण ३ रजत ९ कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको छ भने कास्थेम मा. वि  २ स्वर्ण ४ रजत ३ कास्य पदक जित्दै चौथो भएका छन । तेस्तै शिद्धेश्वर मा. वि। १ स्वर्ण जितेका छन भने महालंगुर  मा. वि र सरस्वती मा. वि को स्वर्ण बिहिन भएका छन । कार्यक्रम उमाकुण्ड गाउँपालिका खेल्कुद बिकास समितिको अध्यक्ष सुदिप सुनुवारको सभाध्यक्ष मा उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर ब. सुनुवार प्रमुख अतिथि र उपाध्यक्ष  साबित्र सुनुवर को बिशेष अतिथि र वडा अध्यक्षहरु , बिभिन्न पार्टि प्रतिनिधिहरु र समाजसेबीहरु को आतिथ्यमा पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन्न गरियो ।

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं साधारणसभा काठमाडौंको नक्शाल,सानो गौचरण स्थित रानी महलमा भव्यताको साथ सम्पन्न भयो । कार्यक्रममा स्वागत मनतव्य राख्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा ग्रील तथा स्टील व्यवसायी महासंघ लाई देशैभरीका व्यवसायीहरुको साझा चौतारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष श्रेष्ठले बिगतमा भए गरिएका कमजोरीहरु सुधार गर्दै अग्रजहरुको अनुभव र नयाँपुस्ताको प्रबिधिलाई संयोजन गरेर महासंघलाई अब्बल संगठनको रुममा अगाडी बढाउन आफ्नो शरिरमा एकथोपा रगत भए सम्म लागि रहने समेत बताउनु भयो ।
देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिदैँ हाल ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा देखिएका ब्याजदरको अस्थिरता, सरकारी नीतिगत अनिश्चितता, गुणस्तरका चुनौती, करको दवाव तथा प्रतिस्पर्धात्मक बजारको अवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउन महासंघ प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
ग्रील व्यवसायी संस्थाका संस्थापक अध्यक्ष मधु बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रमको सभापतित्व ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण महासंघका महासचिव विवेकदास श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल,महासंघका वरिष्ठ सल्लाहाकार निरन्जनकुमार श्रेष्ठ,महासंघका सलल्लाहाकारहरु रहनु भएको थियो भने व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका ईन्जिनियर नारायाण निरौला, वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाह अतिथिको रुपमा रहनु भएको थियो ।
साधारण सभामा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरूले सहभागिता जनाई आफ्नो विचार तथा अनुभव व्यक्त गरेका थिए । विशेष अतिथिका रूपमा उपस्थित राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानका ईन्जिनियर नारायण निरौलाले हाल व्यवसायीहरूका क्षमता अभिवृद्धि, तालिम तथा नेतृत्व विकासका कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विशेष अतिथि तथा महासंघका निबर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अतिथि तथा महासंघका वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाहले उद्योग तथा व्यवसायसँग सम्बन्धित वातावरणीय प्रभाव, प्रदूषण नियन्त्रण, र दिगो विकासका सिद्धान्तबारे महत्वपूर्ण सुझावसहित मन्तव्य राख्नुभयो ।महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्दै चितवन जिल्लाका तारा बहादुर कार्कीले काठमाडौं उपत्यकालाई मात्र महासंघ भन्ने भाष्यलाई विस्थापन गराएर देश भरका व्यवसायीहरुको साझा संगठनको रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न जिल्लबाट आएका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मनतव्य राख्नु भएको थियो ।
महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा , बागमती प्रदेशका संयोजक प्रकाश पौडेल,गण्डकी प्रदेशका संयोजक रण बहादुर विश्वकर्माले मनतव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढङ्गले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।
साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौती जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
साधारण सभाले देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
महासंघको आजको बैठकले महासंघमा रिक्त रहेको केन्द्रीय सदस्य पदमा व्यवसायी तारा बहादुर कार्की र कुमार श्रेष्ठलाई मनोनित समेत गरेको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष ठूलोबाबु श्रेष्ठले सबै व्यवसायी, अतिथिहरू तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासंघलाई अझ सशक्त बनाउँदै व्यवसायीहरूको हितका निम्ति नीतिगत पैरवीलाई तीव्र बनाइने बताउनुभयो । यससँगै ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।