
काठमाडौं, । अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमुलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सअध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय तथा उद्यमशीलताको विकासका लागि क्लबले आयोजना गर्दै आएको कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाइने बताए। उनले डेरी क्षेत्रको समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमताको विकास तथा उद्यमीबीच सहकार्य सशक्त बनाउन क्लब सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले नयाँ कार्यसमिति सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास व्यक्त गरे।
क्लबका सदस्य, सरोकारवाला तथा अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममाझ चार्टर अध्यक्षमा रमेश सञ्जेल, उपाध्यक्षमा चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल , तथा सदस्यहरूमा टिका प्रसाद घिमिरे, दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीप प्रसाद धमला, यंक प्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे, पितम्बरी खतिवडा र माधव सिवाकोटीलाई औपचारिक रूपमा पदस्थापन गरिएको थियो।
प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्यमीहरूले आधुनिक प्रविधि, गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राखे। उनले अप्टिमिष्टि संरचनाले उद्यमीहरूमा नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापित गर्न गएको सकारात्मक भूमिकाको प्रशंसा गर्दै क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउने सुझाव दिए। साथै उनले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिक नेपालकै नेतृत्वमा अघि बढेको भन्दै यो गौरवको विषय भएको चर्चा गरे ।
काठमाडौं । लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुनलागेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजानिक भएको छ ।
बिगतका बर्षहरुमा जस्तै यो अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् ।
१७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता जनाएको भए पनि दर्शक श्रोताको रुचि तथा आयोजक र जुरी मेम्बरहरुको मुल्याङ्कनको आधारमा १७ बिधाका ८५ जनाको नाम आज सार्वजानिक गरिएको छ ।
यो अवार्डको फाईनल कार्यक्रम यहि पुष महिना भित्रमा गरिने आयोजक पक्षले जानकारी गराएको छ ।
सर्वोत्कृष्ट पाँच को बिधा तथा नामावली यस प्रकार रहेको छ
१) सर्वोत्कृष्ट आधुनिक गीत (गायक)
सि.डि.बिजय अधिकारी — चाहिँदैन न्याय मलाई
प्रताप दास — पहिलो हेराई हे माया
सफल शेरचन — भो नबोलाउ मलाई
एनिश एन्जल राई — देखेर तिम्रो रुप
आशिष अबिरल — ए पुतली
२) सर्वोत्कृष्ट आधुनिक गीत (गायीका)
मेलिना राई — तिमिले बाटो फेरेउ अरे
समिक्षा अधिकारी — मुटुमै बसेछ नी
उषा गजुरेल — पप्पि देउन
ममता राई — देखेर तिम्रो रुप
मेनुका राई — हेल्लो हाई नमस्कार
३) सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
चन्द्र बि.सी.— झिलिमिलि जुनेली रातैमा
नारायण राई — पुकुली
छबिराज सुनार — पोखरा पृथ्वि चोकैमा
हेमन्त कान्छा रसाईली — जानै लाग्यो बैंस
मदन परियार — पिरैले सुकाउँछ
४) सर्वोत्कृष्ट लोक तथा दोहोरी गायीका
शान्तारानी परियार — पोखरा पृथ्वि चोकैमा
रितु बोहोरा — कतिराम्रो जिउ तिम्रंो
संगम लामिछाने — ए गौरी
सुनिता रसाईली — टुट्यो भने मन
संगिता सुनाम— मेरी मायालु
५) सर्वोत्कृष्ट लोक तथा दोहोरी नवगायक
सुन्दर खनाल — ढुंगेधाराको पानी
हरि सुनार — जान्छ्यौर लाहुरेको साथैमा
अनिल लम्साल — आँखै गाजले
बिबेक खत्री — बनको तरुल
ऋषिकेस पाण्डे — फुल फुलेको
६) सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल(महिला)
स्वनिका बास्तोला — चुल्हो बल्दैन
उषा सुबेदी — मेरी आमै मरे
तुलसी गुरुङ — बिस्र्यौ र
पबित्रा अर्याल — खतम बनायो मलाई
मन्जु थापा — हेरी रमाईलो
रबिना पौडेल — गाजलु आँखैमा
७) सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल(महिला)
टिका जैसी — लाली जोवन
ग्रिष्मा पौडेल — दिलको लुटेरा
जुना सुन्दास — ए पुतली
अस्मिता पुरी — सारा हाँसो
सुस्मिता श्रेष्ठ — ढाका टोपि मलाई
८) सर्वोत्कृष्ट लोक आधुनिक गीत गायक
लोकमान मोक्तान — म त अल्लारे
ईन्द्र बस्याल — आमा
राजेश बर्देवा — उमेर सत्र
सुरेश अन्जान — बिहेको निम्तो
गणेश लिम्बु — सिट्ठी मारीयो
९) सर्वोत्कृष्ट चाडपर्व गीत
सबिता परियार — गावैँ रमाईलो
कविता देवी राई — नारीको व्यथा
सरगम गाह —दशैं तिहार
सन्देश सुनार — मादलु बजाउँदा
समिता राउत — नारीको व्यथा
१०) सर्वोत्कृष्ट पुर्वेली लोक गीत
बिमल खेवाछदी (सुलभ) — चौतारीमा बसौंला
सुविन चाम्लिङ — लगन डोरी
प्रविन राई — पुर्वैली नानी
सन्जित वाईबा — ए सानु
मोहन लिम्बु — सानु
११) सर्वोत्कृष्ट आधुनिक गीतकार
कमला प्रधान — तारा टुटी झरे सरि
भिष्मराज फुलारा — ए पुतली
रबिन्द्र शाही ठकुरी —अभागी खप्पर
गोबिन्द भट्ट — जुनेली
लक्ष्मी कोई राइ — जुनी जुनी
१२) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक
प्रेम शर्मा पौडेल — म नेपाली
बिनोद सुन्दास — रुनुको के अर्थ
कल्की रअ — रमाउ मायामा
देवेन्द्र पाण्डे — जुनेली
जोन राई — म तिमिलाई
१३) सर्वोत्कृष्ट आधुनिक गीत संगितकार
मंगल बि.क. — म तिमिलाई
ओम प्रकाश राई — नेपाल आमा
राजेन्द्र बजगाँई — ए पुतली
बिराज ढुंगाना — सधैं भरि
अन्जान रेग्मी — खोजेको नै
१४) सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लय संकलन
मिलन गुरुङ — ऐना हेर्नीले
सुदिप परियार — आँखै गाजले
मिन प्रकाश ओली — दिदीभाई
बिनोद ढकाल — घर हाम्रो
नन्दु परियार — पोखरा पथ्वी चोकैमा
१५) सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत शब्द संकलन
रिम बाबु राना — परदेशी
आभाश सेन्चुरी — नयाँ नाता
निरज भट्ट — किनारा
सुरेश कुमार परियार — घामको झुल्को
सुमन ढकाल — दिदी भाई
१६) सर्वोत्कृष्ट म्यूजिक भिडिया मोडल (पुरुष)
बिक्रम बुढाथोकी — अभागी खप्पर
रमेश बिश्वकर्मा — लाली जोवन
राज सुबेदी(नेत्र) — क्यार्नी होला खै
सन्तोश बराईली — जुनी जुनी
किरण स्याङ्बो — तिम्रो लागि
१७) सर्वोतकृष्ट ध्वनी रेकर्डिष्ट
राज खड्का — मयाली
दिपक बि.सी.— म नेपाली
डम्बर विश्वकर्मा — करिमै
सुमन राना — ए हो र माया
सागर बाजुराली — तल्लो बाटो
काठमाडौं । ओप्सना फिल्मस् प्रालिले आयोजना गरेको दोस्रो राष्ट्रिय ओप्सना फिल्मस् एवं म्युजिक अवार्ड २०८२ को अबसरमा पुर्बेली गीत(पुर्बेली नानी) बोलको म्युजिक भिडियो बर्ष सर्वोत्कृष्ट मोडल अवार्डबाट सर्जक,कलाकार तथा मोडल बिजेन्द्र नौबागे सम्मानित भएका छन् ।
ओम प्रकाश राईको सभापतित्वमा,विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्य र चलचित्र बिकास बोर्डको पूर्व अध्यक्ष राजकुमार राईको बिशेष आथित्यमा चलचित्र बिकास बोर्डमा “ दोस्रो राष्ट्रिय ओप्सना फिल्मस् एवं म्युजिक अवार्ड २०८२” सम्पन्न भएको हो ।
अवार्ड प्राप्त गरेका सर्जक,कलाकार तथा मोडल बिजेन्द्र नौबागले संचारकर्मीहरु संग कुराकानि गर्दै यो अवार्डको लागि आफुलाई योग्य मान्नुहुने आम दर्शक तथा जुरी मेम्बरहरु र आयोजक संस्था प्रति आभार व्यक्त गरेका थिए ।
यो गीतको शव्द देखि भिडियो बनाउने कार्य सम्म सपोर्ट गर्ने सम्पुर्ण टिमलाई सम्झदै यो अवार्डको श्रेय सम्पुर्ण टिमलाई जाने बताए ।
यस्ता अवार्डहरु सरकारी तहबाट हुनु पर्नेमा निजि र व्यवसायीक संस्थाहरुले गर्नु पर्ने अवस्था आउनुमा राज्यले आम कलाकार तथा सर्जकहरुलाई हेर्ने दृष्टिकोण प्रष्टभएको समेत बताए ।
यस्ता अवार्डहरुले सांगीतिक क्षेत्रमा लाग्न अझ प्रेरणा मिल्ने उनले बताए ।
काठमाडौं ।
दशकौँ प्रचण्ड–निकट नेता मानिँदै आएका जनार्दन शर्मा अब त्यसै प्रचण्डप्रति नै सबैभन्दा कडा प्रहार गर्ने नेताका रूपमा उभिएका छन्।
आइतबार काठमाडौंमा गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा शर्माले प्रचण्ड नेतृत्वलाई खुलेरै ‘मठाधीश मानसिकता’ अपनाएको आरोप लाउँदै भने—
पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर हामी नयाँ यात्रा सुरु गर्न बाध्य भयौं।”
शर्मा माओवादी आन्दोलनका सबैभन्दा लाभान्वित नेतामध्ये एक मानिन्थे। तर उनी अहिले प्रचण्डको घेराबाट बाहिरिएर नयाँ राजनीतिक शक्तिको नेतृत्वमा उभिएका छन्।
शर्माले सभामा प्रचण्डतर्फ संकेत गर्दै भने
सामन्तवाद भत्काएर गणतन्त्र ल्याउने हामीहरू, अहिले त्यही पार्टीभित्र मठाधीशहरूलाई धुपबत्ती गर्न बाध्य छौँ भन्ने अवस्था आउनु दुःखद थियो।”
उनका अनुसार नयाँ दल स्थापना नेताहरूका कुर्सी बाँडफाँड वा व्यक्तिगत महत्वाकांक्षा कै लागि होइन,
विकृत राजनीति’ सफा गर्ने ऐतिहासिक आवश्यकताका कारण भएको हो।
घोषणासभामा शर्माले मानव विकास, विश्व परिस्थितি, तथा मुलुकको राजनीतिक पतनका कारणहरू विश्लेषण गर्दै जेन-जि आन्दोलनको बलिदान खेर जान नदिन राजनीतिक हस्तक्षेप अनिवार्य बनेको बताए।
उनका शब्दमा आन्दोलनका बलिदान डुबाउने भ्रष्ट नेतृत्वको अन्त्य अब जनताले मागेको छ।”
जनार्दनले प्रचण्ड नेतृत्वमाथि पुनः व्यंग्य गर्दै भने—
केही नेता थप्ने, केहि पद बाँड्ने, पुरानै विकृति दोहोर्याउने दल हामी होइनौं।
हाम्रो लक्ष्य — विकृत राजनीति सुधारेर समतामूलक राष्ट्र निर्माण।” प्रगतिशील लोकतान्त्रिक पार्टी आर्थिक सुधार राजनीतिक पुनर्संरचना सांस्कृतिक जागरणका एजेन्डालाई आफ्नो केन्द्रमा राखेर घोषणा गरिएको छ।
जनार्दनले घोषणा गरे अनुसार—
२०७९–८२ को राजनीतिक अव्यवस्थालाई अन्त्य गर्न
देशभरका बुद्धिजीवी, विज्ञ, जातजाति, भूगोल सबैको सहभागितामा राजनीतिक पुनर्संरचना सम्मेलन २०८२’ आयोजना हुनेछ।
उनले भने , राजनीति नै सभ्यताको केन्द्रीय शक्ति हो। नेतृत्व बिग्रँदा देश थला पर्छ। त्यसैले पुनर्संरचना अब अनिवार्य बनेको छ।”
काठमाडौं -जिक्तेन न्युज
सुनसरी पुगेका एमाले नेता महेश बस्नेत सवार गाडीमा आज बिहान विराटनगर–इटहरी मार्गमा युवाहरूले रातो मसी फ्याँकेपछि राजनीतिक तापक्रम एकाएक बढेको छ। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक विवरण अनुसार, विराटनगर–१ का सञ्जोग गौतम र विराटनगर–२ का अरपित कुँवर नाम भएका युवाले बस्नेत सवार गाडी तर्फ रातो मसी प्रहार गरेका थिए। नियन्त्रणमा लिएका दुवै युवा कांग्रेस–सम्बद्ध भएको दाबी स्थानीयहरूले गरेका छन्।
घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै,
यो व्यवहार लोकतान्त्रिक मर्यादाविपरीत र निन्दनीय छ।”भनेका छन्। सुरक्षा तदारुकता पनि बढाइएको छ।
यसबीच, बस्नेतको कार्यक्रम रहेको इटहरी र दुहबी क्षेत्रमा जेन–जी युवा समूहले टायर बालेर विरोध प्रदर्शन गरेका छन्। “पुरानै राजनीतिक व्यवहार बदल्नुपर्छ” भन्ने नारा लगाइएको थियो। केही बेर सडक अवरुद्ध भए पनि स्थिति नियन्त्रणमा ल्याइएको छ।
प्रहरीले घटनालाई “योजना अनुसार गरिएको प्रतीकात्मक विरोध”को रुपमा विश्लेषण गरेको छ।
स्थानीय प्रशासनका अनुसार, बस्नेतको आजको अन्य कार्यक्रमहरूमा थप सुरक्षा व्यवस्था कडा गरिएको छ।
राजनीतिमा नयाँ पुस्ताको सक्रियता बढिरहेको सन्दर्भमा, यो घटनाले प्रदेश–१ मा युवा असन्तुष्टिको संकेत स्पष्ट रूपमा देखाएको विश्लेषकहरू बताउँछन्।
काठमाडौं । ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको आत्मकथा “ संङ्घर्षमय जीवन ” अब अडियोमा समेत सुन्न पाईने भएको छ ।
करिब ७ महिना अगाडी सार्वजानिक गरिएको उक्त किताब लोक बहादुर टण्डनकै युटुब मार्फत आज एक कार्यक्रमबिच सार्वजानिक गरिएको हो ।
पुस्तकका लेखक तथा चक्रपथ सफाइ अभियानका संयोजक लोक बहादुर टण्डनको अध्यक्षतामा भएको अडियो सार्वजानिकीकरण कार्यक्रममा लामो समय शिक्षण पेसामा रहेर देशको सेवा गरेका बयोबृद्ध समाजसेवी तोयानाथ पौडेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानिवारीकी प्रमुख संचालिका सृजना अधिकारी, ग्रीनसिटी हस्पिटलका संचालक सदस्यहरु तथा पुस्तकलाई अडियो भ्वाईस दिने ईन्जिनियर सागर भुसाल,चक्रपथ सफाइ अभियानका अभियन्ताहरु तथा मिडियाकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभमकामना मनतव्य दिदै ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानिवारीकी प्रमुख संचालिका सृजना अधिकारीले यतिबेला संसारले शान्ति ,संमृद्धि र मानवियताको खोजि गरिरहेको अवस्थामा लोक बहादुर टण्डन जस्तो सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने व्यक्ति यो समाजले पाउनुनै ठुलो कुरा भएको बताउनु भयो ।
पुस्तक बाचन गर्ने क्रममा कयौं पटक आफु भावुक बनेको अनुभव सुनाउँदै किताबलाई अडियो भ्वाईस दिने ईन्जिनियर सागर भुसालले परिवर्तित विश्व परिवेशलाई सुहाउने गरि यो किताब अडियो प्लेटफर्ममा ल्याएको बताउनु भयो । सङ्घर्ष बाट मानिस सफल बन्न सक्छ भन्ने उदहारण बोकेको यो किताबको अडियोले समाज परिवर्तनको महत्वपुर्ण हिस्साबन्नेमा आफु बिस्वस्त रहेको समेत भुसालले बताउनु भयो ।
शुभकामना मनतव्य व्यक्त गर्दै बयोबृद्ध समाजसेवी तोयानाथ पौडेलले लोक बहादुर टण्डनको आत्म कथाको किताब भन्दा पनि दैनिकीनै नजिकैबाट आफुले पढेको भन्दै यो समाजले पत्याउने काम गरेकोले टण्डन सफल भएको बताउनु भयो । सबैले आफुले गरेको काम राम्रै हो भन्छन् तर त्यसले समाजमा पार्ने सकारात्मक र नकारात्मक प्रभावले उसको मुल्याङ्कन गर्ने हो भन्दै टण्डनको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार तथा पुस्तकका सम्पादक टंक पन्तले गर्नु भएको थियो भने व्यवस्थापनको जिम्मेवारी गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेत र कमल जि.सी.ले गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै पुस्तकका लेखक टण्डनले यो जुनीमा गरेको कर्मको फल अर्को जुनी सम्म कुर्न नपर्ने भन्दै आफुले गरेको संघर्षले अरु कसैको जीवनमा परिवर्तन आउँछ की भन्ने सोचेर आत्मकथा लेख्ने प्रयास गरेको बताउनु भयो । आफुलाई यो स्थानमा पुर्याउन सहयोग गर्नुहुने घर परिवार,आफन्त,साथिभाई तथा यो समाजका अग्रजहरुलाई आफुले सधैं सम्मान गर्ने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नु भयो ।

काठमाडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यको मागसहित पछिल्ला दिनमा सक्रिय देखिएका विवादास्पद अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले बहु–आरोपमा नियन्त्रणमा लिएको छ। लामो समयदेखि स्वतन्त्र अभियान नाममा सडक र सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिंदै आएका प्रसाईंलाई हिंसा उक्साएको, राज्यविरुद्ध गतिविधि सञ्चालन गरेको र आर्थिक अनियमिततामा संलग्न भएको ठप्प आरोप बादलजस्तै जम्दै गएको छ।
काठमाडौंको तिनकुनेमा भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र झडप भएको थियो।
प्रसाईंले सडक अवरोध तोड्न उक्साएको,
भीडलाई नियन्त्रणमा राख्न खोज्ने सुरक्षाकर्मीमाथि अभद्र व्यवहार र उक्साहट दिएको
प्रहरीले उल्लेख गरेको छ।
उक्त झडपमा २ जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनापछि उनलाई यसै मुद्दामा मुख्य उक्साहटकर्ता मानिएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान” नामक संरचनामार्फत
शासन व्यवस्था परिवर्तनको माग, राख्दै
संवैधानिक निकाय र नेतृत्वमाथि सार्वजनिक रूपमा अभद्र आरोप,उग्र राजनीतिक आह्वान
गरेको भन्दै उनीमाथि राज्यविरुद्ध मुद्दा दर्ता भएको छ।
प्रसाईंले सामाजिक सञ्जालमार्फत
उच्च पदस्थ राजनीतिज्ञहरू विरुद्ध फर्जी कागजात र भ्रामक सूचना फैलाएको,मानहानी हुने सामग्री प्रकाशित गरेको आरोपमा पहिले पनि पक्राउ परेका थिए।
त्यही मुद्दा अहिले पुनः सक्रिय गरिएको प्रहरीले जनाएको छ।
CIB को अलग शाखाले प्रसाईंमाथि वित्तीय अनियमितताको छानबिन अघि बढाएको छ।
विभिन्न बैंकबाट लिएको ठूलो परिमाणको ऋण अन्य कार्यमा प्रयोग भएको आशंका
कम्पनीमार्फत गरिएको सन्दिग्ध कारोबार
सम्भावित मनी लन्डरिङ
जस्ता विषयहरू अनुसन्धानको दायरामा छन्।
पक्राउ परेपछि अदालतमा पेश गरिएको प्रसाईंलाई अनुसन्धान थप अघि बढाउन हिरासत आदेश दिइएको छ। उनका पक्षले भने स्वास्थ्य–सम्बन्धी संवेदनशीलता भन्दै उपचारसहित कानुनी सुविधा माग गर्दै आएको छ।
दुर्गा प्रसाईंको गिरफ्तारी सामान्य घटना होइन।
राजतन्त्र समर्थक आन्दोलन, सडक विरोध, सामाजिक सञ्जालमा चर्किएका अभिव्यक्ति, र वित्तीय अनियमिततासहितका मुद्दाले उनलाई राजनीतिक, कानुनी र आर्थिक तीनै मोर्चामा घेरिएको स्थिति स्पष्ट देखिन्छ।
अहिलेको अवस्था हेर्दा —
यो केस एउटा व्यक्तिमाथिको मात्र मुद्दा रहेन, देशको राजनीतिक ध्रुवीकरण र अस्थिरतामा यसको ठूलो प्रभाव देखिने संकेत छ।
ललितपुर चक्रपथ–महानगरपालिका सफाइ अभियान र अभिभावक संघ नेपाल, ललितपुरको संयुक्त आयोजनामा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन विषयक एक दिवसीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा महाशाखा, ललितपुर महानगरपालिका शिक्षा महाशाखाको सक्रिय समन्वयनमा यो कार्यक्रम ललितपुर महानगरपालिकाको एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।
यस प्रतियोगितामा महानगरभित्र रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। आमन्त्रण गरिएका २५ विद्यालयमध्ये २२ वटा विद्यालयका उत्कृष्ट वक्ताहरूले आफ्नो क्षमता, विचार र सिर्जनशीलता प्रकट गर्दै प्रतियोगितालाई अत्यन्तै प्रतिस्पर्धात्मक बनाए।
कार्यक्रम अभिभावक संघ नेपाल, जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष देवराज लामिछानेको सभापतित्व तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो।
सम्पूर्ण प्रस्तुति अत्यन्तै प्रभावकारी भए पनि निर्णायक मण्डलले समग्र मूल्यांकनका आधारमा निम्न विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको थियो–
प्रथम स्थान : श्री पदम प्रकाश माविकी जगदम्बा भट्ट
दोस्रो स्थान : श्री टिका विद्याश्रम माविका सुरेश थापा
तेस्रो स्थान : श्री रुद्रायणी माविकी मिङ्मा तामाङ
सान्त्वना पुरस्कार : श्री पाटन माविका ओम पाण्डे
विद्यार्थीहरूले वातावरण संरक्षणमा युवाको भूमिकादेखि फोहोरको वैज्ञानिक व्यवस्थापन तथा घर–घरमै वर्गीकरणको महत्वसम्मका विषयहरू मन छुने गरी प्रस्तुत गरेका थिए । धेरैले दैनिकीमै अपनाउन सकिने सरल उपायहरू पनि सुझावका रूपमा राखे, जसले उपस्थितहरूलाई झनै प्रेरित गरायो ।
कार्यक्रममा शिक्षा महाशाखाका निर्देशक देवीप्रसाद उपाध्याय, वरिष्ठ कलाकार किरण केसी, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, फोहरमैला व्यवस्थापन संघका प्राविधिक सल्लाहकार नविन विकास महर्जन, पत्रकार साजल प्रधान (न्यूयोर्क टाइम्स), ललितपुर महानगरपालिकाका प्रेस कोर्डिनेटर रमा लुइटेल, ललितपुर चक्रपथ महानगर सफाइ अभियानका सह–संयोजक सहदेव राउत, अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरी र महासचिव बद्री सन्जेल, महेन्द्र भृकुटी माविका प्रमुख पुष्पराज जोशी, , मिस्टर नेपाल हिमाञ्चल राज केसी लगायतको उपस्थिति थियो।
आयोजकका तर्फबाट सहदेव राउतले स्वागत मन्तव्य राख्दै मेयर चिरीबाबु महर्जनको दिग्दर्शक भूमिकामा ललितपुर सफाइ अभियानले उल्लेखनीय सफलता हासिल गरिरहेको जानकारी गराए।
वरिष्ठ कलाकार किरण केसीले बालबालिकालाई व्यवहारिक शिक्षा र संस्कार दुवै समान रूपमा आवश्यक रहेको, र रुचिअनुसारको शिक्षाले जीवनभर खुशी र आत्मविश्वासका साथ बाँच्न प्रेरणा दिने बताउँदै सबैलाई उत्साहित पारे।
अभिभावक महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले “हाम्रो पुस्ताले गर्न बाँकी भएका कामहरू पूरा गर्न नयाँ पुस्ताले दृढतापूर्वक अघि बढ्नुपर्ने” कुरामा जोड दिए।
मुख्य अतिथि मेयर महर्जनले ललितपुर महानगरपालिकामा सम्पन्न भएका कार्यहरूका साथै अझै गर्नुपर्ने महत्वपूर्ण योजनाबारे चर्चा गर्दै “स्थानीय सरकार, संघ–संस्था तथा नागरिकको संयुक्त प्रयासले मात्र दिगो वातावरणीय व्यवस्थापन सम्भव छ” भन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजिकरण ललितपुर चक्रपथ- महानगर सफाइ अभियानका प्रवक्ता एवं वातावरण कवि लक्ष्मीप्रसाद घिमिरेले अत्यन्तै रोचक र भावपूर्ण ढंगले गरेका थिए ।
समापन मन्तव्य दिँदै सभापति देवराज लामिछानेले “यस्ता प्रतियोगिताले विद्यार्थी मात्र होइन, अभिभावक र आम नागरिकलाई समेत वातावरणीय सचेतनाको महत्वपूर्ण सन्देश दिन सफल भएको” बताउँदै आगामी दिनहरूमा पनि अभिभावक संघ नेपाल, जिल्ला कार्यसमिति ललितपुरले यस्तै सकारात्मक र समाज उपयोगी कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहने घोषणा गरे ।
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंले आज साझा पार्टी प्यालेस तारकेश्वर नगरपालिका,जरंकुमा एक कार्यक्रम आयोजना गरि ७ वटा नगर समिति घोषणा गरेको छ ।
केहि दिन अगाडी आफ्नो मातहतमा रहेको इकाई समिति र क्षेत्रीय समिति विगठन गरि निर्वाचन समिति समेत घोषणा गरेको संघले आज पहिलो चरणमा ७ वटा नगर समिति घोषणा गरेको हो ।
देश संघियतामा गएको एतिका बर्ष हुँदा सम्मपनि यो संगठनले भने आफुलाई पुरानै संरचना अनुसार चलाउँदै आएको थियो ।
अघिल्लो अधिवेशनबाट युवा व्यवसायी सुनिलकुमार अमात्य काठमाडौं जिल्लाको अध्यक्ष भएर आएपछि यो बिषयले जिल्ला समितिमा प्रवेश गरेको थियो ।
अधिकांश जिल्ला समिति सदस्यहरुले संगठनलाई स्थानीयतह संग जोडेर जान सके आम व्यवसायीहरुको समस्या स्थानीय सरकारबाटै समाधान खोज्न सकिने भएकोले पनि संगठनको पुनर्संरचना आवश्यक परेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्यले बताउनु भयो ।
जिल्लाको कार्तिक २० गते बसेको बैठकले मातहतका सबै समितिहरु बिगठन गर्दै वरिष्ठ उपाध्यक्ष रोहित श्रेष्ठको संयोकत्वमा सात सदस्य रहने निर्वाचन उप समिति गठन गरेर नगर समिति गठन प्रकृयालाई अगाडी बढाएको थियो ।
निर्वाचन उप समितिमा
संयोजक — रोहित श्रेष्ठ
सदस्य — जुद्ध बहादुर चन्द
सदस्य — पुर्णी माया सारु
सदस्य — हरि प्रसाद लामिछाने
सदस्य — नवराज पनेरु
सदस्य — हरिभक्त श्रेष्ठ
सदस्य — सर्मिला रिमाल (कार्की) रहनु भएको थियो ।
निर्वाचन उप समितिको पहलमा आज ७ वटा समिति गठन गरिएको छ । जसमा
१) चन्द्रागिरि नगर समिति — अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ
२) कीर्तिपुर,दक्षिणकाली नगर समिति — अध्यक्ष राजेन्द्र कार्की
३) नागार्जुन नगर समिति — अध्यक्ष दिलिप लामा
४) स्वयम्भु नगर समिति ( कामपा भित्र ) — अध्यक्ष राजकुमार खड्का
५) तारकेश्वर नगर समिति — अध्यक्ष साजन गुरुङ
६) टोखा नगर समिति — अध्यक्ष जगत पटेल
७ ) बिशालनगर, बसुन्धारा नगर समिति ( कामपा भित्र ) — अध्यक्ष कृष्ण बनेपाली चुनिनु भएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्यघाटन सत्रको सहजिकरण जिल्लाका महासचिव यम बहादुर श्रेष्ठ(पशुपति) ले गर्नु भएको थियो भने निर्वाचन कार्यक्रमको सहजिकरण जिल्ला सचिव हरि प्रसाद लामिछानेले गर्नु भएको थियो ।
कार्यक्रममा महासंघबाट उपाध्यक्ष लगायत पदापधकारीहरु,जिल्लाबाट अध्यक्ष सुनिलकुमार अमात्य लगायत पदाधिकारीहरु,बिगठित इकाई तथा एरियाका पदाधिकारीहरु एवम् व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित समितिलाई निर्वाचन समिति संयोजक रोहित श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो भने प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।
काठमाडौंका अन्य बाँकी स्थानीय समितिहरुपनि तल्कालै घोषणा गर्ने तयारी भईरहेको काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्यले जानकारी गराउनु भएको छ ।






