२०८३ बैशाख ४ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ४ शुक्रबार

काठमाडौं, २९ कात्तिक।
संसद् विघटन र राजनीतिक अस्थिरता विरुद्ध नेकपा एमालेले आज देशभर शक्तिशाली प्रदर्शन गरेको छ। बिहानैदेखि ७७ जिल्लामा जनसभा, मोटरसाइकल र्‍याली र नाराबाजीसहित पार्टी कार्यकर्ता सडकमा उत्रिएका छन्।

प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतम का अनुसार, कार्यक्रम चार चरणमा सञ्चालन हुँदै आएको जनपरिचालन अभियानको तेस्रो भाग आज सम्पन्न भएको हो। विभिन्न जिल्लामा केन्द्रीय नेताहरू खटाईएर सभाहरूलाई सम्बोधन गरेका थिए।

नेपालगञ्जमा महासचिव शंकर पोखरेल, गुल्मीमा उपमहासचिव प्रदीप ज्ञवाली, लमजुङमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूले सहभागीलाई सम्बोधन गर्दै सरकारले गरेको संसद् विघटन “प्रजातन्त्रविरुद्धको कदम” भएको आरोप लगाए।

एमालेले आजको कार्यक्रमलाई मंसिर ६ गते काठमाडौंमा आयोजना हुने विशाल शक्ति प्रदर्शनको पूर्वअभ्यासका रूपमा लिएको छ। स्थानीय तहदेखि सहर–बजारसम्म भएकाले आजका र्‍यालीहरूमा उल्लेख्य भीड देखिएको छ।

पार्टीका नेताहरूले संविधान र लोकतन्त्र बचाउन देशभर जनमत तयार पार्ने लक्ष्यसहित अभियान चलाइरहेको बताएका छन्।

काठमाडौं । काठमाडौं प्रशासनले दुर्गा प्रसाई नेतृत्वको समूहलाई मंसिर ७ गते राजधानीमा आयोजना गर्न लागेको प्रदर्शनमा अनुमति नदिने निर्णय गरेको छ।

प्रशासनका अनुसार हालको राजनीतिक परिस्थिति र सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सो समूहलाई प्रदर्शन गर्न रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै भनेको छ –

सार्वजनिक सुरक्षामा समस्या उत्पन्न हुन सक्ने अवस्था देखिएकाले मंसिर ७ गतेको प्रदर्शनका लागि अनुमति प्रदान गर्न सकिँदैन।”

दुर्गा प्रसाई समूहले यसअघि भ्रष्टाचारविरुद्ध, राष्ट्र, राष्ट्रियता र सनातन धर्मको पक्षमा देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ।
उनले मंसिर ७ गते काठमाडौंमा विशाल प्रदर्शनको घोषणा गरेका थिए।
तर प्रशासनले सो प्रदर्शनले सुरक्षा जोखिम बढाउने र सार्वजनिक शान्ति भंग हुने सम्भावना औंल्याउँदै अनुमति नदिएको हो।

यसैबीच प्रसाई समर्थकहरूले प्रशासनको निर्णयलाई लोकतान्त्रिक अधिकारमाथिको अतिक्रमण भन्दै विरोध जनाएका छन्।
उनीहरूले भनेका छन्, “हामी शान्तिपूर्ण आन्दोलन गर्न पाउँछौं, रोक लगाउनु संविधानविपरीतको काम हो।”

सुर्खेत । जेन्जी २.० सबै पुस्ताको रास्ट्रीय अभियानले कर्णाली प्रदेशको भेला सम्पन्न गरेको छ, भेलाले हिक्मत जङ्ग मल्लको नेतृत्वमा प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी २३५ सदस्यीय समिति रहेको प्रदेश कमिटी गठन गरेको छ । अभियानले यस अघि कार्तिक २२ गते गण्डकीमा भेला सम्पन्न गरेको थियो ।

यो रास्ट्रीय अभियानले जेन्जी आन्दोलन को रक्षा र संस्थागत बिकासका लागी प्रधानमन्त्री कार्यालयलाई यसअघि नै कोडअफ कन्डक्ट सहितको सुझाव पत्र बुझाइसकेको छ, शक्तिशाली भ्रष्टाचार छानबिन आयोग गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउन र आउदो चुनावलाई जेन्जीलाई समेत सहभागी गराउनका लागी, बेजिल्ला बसोबास गर्ने सबै मतदाता र बिदेश बस्ने नेपाली मतदातालाई मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाएको छ ।

१. जेन्जी जन-आन्दोलन र रास्ट्रपति बिच नयाँ निकास सहितको सम्झौता । २. शक्तिशाली भ्रष्टाचार छानबिन आयोग ३. चुनावमा बेजिल्ला र प्रबासी नेपालीलाई मतदान गर्ने व्यवस्था ।

४. जेन्जी आन्दोलनको म्यान्डेट अनुसार “शुसान, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जबाफदेहीता” यही ४ कुरामा टेकेर सरकार संचालन गर्ने ।

कार्यक्रममा कर्णालीका संरक्षक डम्बर साहु, कार्य सम्पादन सदस्य गौरव देबकोटा, प्रबक्ता अबिन लिम्बु, स्वतन्त्र बुद्धिजीवी डा. गोबिन्द आचार्य सहित घाईते तथा जेन्जी युवाहरूको ठुलो उपस्थिति थियो ।

अभियानको संरक्षक डा. हरी कार्कीको नेतृत्वमा बिज्ञहरु, बुद्धिजीवी, पुर्ब रास्ट्रसेबकहरु, स्वतन्त्र पत्रकार, नागरिक समाज, प्रबासी नेपाली समाज, भ्रष्टाचार विरुद्धको अभियानहरु, स्वतन्त्र अभियान र अभियन्ताहरुको ठुलो शक्ति यो अभियान सङ्ग आबद्ध छन ।

उनले भने, मुलुक को शान्तिपुर्ण निकास नै अहिले यही अभियान सङ्ग मात्रै छ, यसलाई नागरिक सरकारले साथमा लिएर अघि बढोस्, यो शक्ति अबको मुख्य धारको राजनीतिक शक्ति बन्ने निश्चितै छ ।

काठमाडौं, कात्तिक २६ —
नेपालको वाम राजनीतिमा नयाँ अध्याय खुलेको छ। लामो समयदेखि विभाजित रहेका वाम शक्तिहरूबीच फेरि एकताको संकेत देखिएको छ। आज राजधानी काठमाडौंको पेरिसडाँडामा आयोजित विशेष समारोहमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल बीच एकता सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रुपमा एकताको घोषणा गरिएको छ।

सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, र वरिष्ठ नेता भीमबहादुर रावलले हस्ताक्षर गरेका छन्।
दुवै पक्षबीचको सहमतिको प्रमुख उद्देश्य वाम शक्तिहरूलाई एकीकृत गर्दै देशमा स्थायी राजनीतिक स्थिरता, सुशासन र आर्थिक रूपान्तरणको आधार तयार गर्नु रहेको बताइएको छ।
आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन बोलाई एकीकृत संगठनात्मक संरचना निर्माण गर्ने।
वैचारिक, नीतिगत र संगठनात्मक एकता सुनिश्चित गर्न संयुक्त कार्यदल गठन गर्ने।
राष्ट्रिय स्वाभिमान, सुशासन, आर्थिक समानता र भ्रष्टाचारविरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने।
विदेशी हस्तक्षेपविरुद्ध स्वतन्त्र र आत्मनिर्भर नेपालको पक्षमा साझा नीति निर्माण गर्ने।
जनस्तरमा पार्टीको पहुँच विस्तारका लागि संगठन पुनर्गठन अभियान सुरु गर्ने।

भीमबहादुर रावल सुदूरपश्चिम प्रदेशबाट उदाएका प्रखर कम्युनिष्ट नेता हुन्। कानुनशास्त्रमा स्नातकोत्तर र राजनीतिक सिद्धान्तमा गहिरो अध्ययन गरेका रावलले पटक–पटक गृह, रक्षा र ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
उनले २०५१ सालमा पहिलो पटक सांसद बनेदेखि निरन्तर राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्।
सिद्धान्तमा दृढ, राष्ट्रवादी विचारका कारण रावल वाम राजनीतिमा नीतिगत कठोरता र राष्ट्रिय स्वाभिमानको प्रतीक नेता मानिन्छन्।
रावलले सहमति हस्ताक्षर कार्यक्रममा भने —
वाम शक्तिहरूबीचको यो एकता देशको स्वाभिमान, स्वतन्त्रता र समृद्धिको मार्गमा निर्णायक कदम हो। अब हामी एकै लक्ष्यका लागि अगाडि बढ्नेछौं।”

त्यस्तै, संयोजक प्रचण्डले भने —
वाम एकता केवल संगठनको एकता होइन, यो जनताको चाहनाको उत्तर हो। हामी फेरि जनताको बीचमा नयाँ विश्वासका साथ जानेछौं।”

राजनीतिक विश्लेषकहरूले यो एकतालाई नेपालमा वाम राजनीतिलाई पुनः सशक्त बनाउने संकेतको रूपमा व्याख्या गरेका छन्।
गत केही वर्षदेखि विभिन्न धार र गुटमा विभाजित वाम शक्तिहरूबीच सहमति आउनु आगामी निर्वाचनमा वाम गठबन्धनलाई सुदृढ बनाउन सहयोगी हुने आँकलन गरिएको छ।

भीम रावल र नेपाली कम्युनिष्ट पार्टीबीचको एकता नेपालको राजनीतिमा वाम पुनर्गठनको ऐतिहासिक क्षणको रूपमा लिइएको छ।
सहमति कार्यान्वयन सफल भएमा निकट भविष्यमा एकीकृत वाम पार्टीको जन्म हुन सक्ने अनुमान गरिन्छ, जसले देशको राजनीतिक समीकरण नै परिवर्तन गर्न सक्ने सम्भावना छ।

काठमाडौं । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ ।

हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो ।

ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिनुभयो ।

म्यूजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए । आफू धादिङ्गवासी भएपनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए । वास्तविक धादिङ्ग त छायाँमा परेको रहेछ भन्दै उनले धादिङ्गको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गर्नु भयो ।

सञ्चारकर्मी ऋषि धमलाले धादिङ जिल्लामा रहेको रुविभ्यालीले विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने बताए ।

विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । सुधिर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यालन मार्फत प्रसारण गरिएको छ ।

काठमाडौँ ।
नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको उत्तराधिकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना–प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीको नियुक्ति कात्तिक २७ गतेदेखि लागू हुने छ। हालका आईजीपी खापुङ यसै साता अनिवार्य अवकाशमा जाँदै छन्।

२०५४ साल चैत १८ गते प्रहरी सेवामा इन्स्पेक्टरका रूपमा प्रवेश गरेका कार्की अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत छन्।
उनले आफ्नो करियरमा प्रहरी प्रवक्ता, अनुसन्धान महाशाखा, अपराध नियन्त्रण शाखा र प्रदेश प्रहरी प्रमुखजस्ता जिम्मेवारी सम्हालेका छन्।
उनको नेतृत्व शैली, अनुशासन र प्रशासनिक क्षमता प्रहरी संगठनभित्रै प्रशंसित मानिन्छ।

कार्कीको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा छानबिनमा सक्रियता देखिएको थियो।
विशेष गरी भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, र सरकारी पद प्रयोग गरी आर्थिक लाभ लिने घटनामा उनले कडा अनुसन्धानको आदेश दिएका थिए।
त्यसै क्रममा हालै सार्वजनिक भएको आर्जु राणा–सम्बन्धी फाइलमा समेत प्रहरीले चासो बढाएको बताइएको छ।
परराष्ट्रमन्त्री आर्जु राणा देउवासँग सम्बन्धित केही व्यक्तिहरूको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले छापा मारी कागजात नियन्त्रणमा लिएको समाचार पनि सार्वजनिक भइसकेको छ।
प्रहरी स्रोतका अनुसार, यी फाइलहरू अहिले पनि अध्ययन तथा प्रारम्भिक विश्लेषणको चरणमा छन्।

कार्कीलाई एक व्यवहारिक, नीतिगत रूपमा दृढ र राजनीतिक हस्तक्षेपविहीन प्रहरी अधिकारीको रूपमा चिनिन्छ।
उनको नियुक्तिसँगै प्रहरी संगठनभित्र नयाँ नीति, आन्तरिक अनुशासन र अनुसन्धान प्रणालीमा सुधारको अपेक्षा गरिएको छ।
सरकारभित्र पनि कार्कीलाई सन्तुलित र कम विवादित अधिकारीको रूपमा हेरिएको छ।

सरकारका प्रवक्ता जगदीश खरेलले भने,
मन्त्रिपरिषद्को निर्णयअनुसार दानबहादुर कार्कीज्यूलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरिएको छ, निर्णय कात्तिक २७ गतेदेखि लागू हुनेछ।”

दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीको आगामी करिब २९ महिनाको अवधिमा संगठनमा अनुशासन, पारदर्शिता र अनुसन्धान क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, हालै सार्वजनिक भएका उच्चस्तरीय फाइलहरू — जसमा आरजु राणा–सम्बन्धी छानबिन पनि पर्दछ — ती विषयमा प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने जनाइएको छ।

काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)मा गएका नेता रामकुमारी झाँक्री र कृष्णकुमार (किसान) श्रेष्ठसहितका नेताहरू पुनः एमालेमा फर्किएका छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत उनीहरूले औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री, श्रेष्ठसहितका नेताहरूलाई पार्टीको झन्डा प्रदान गर्दै स्वागत गरेका थिए।

एमालेमा फर्किनेहरूमध्ये गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना लगायतका केन्द्रीय तहका नेताहरू पनि छन्। उनीहरूले ओलीलाई कलम हस्तान्तरण गरेर पार्टीमा पुनः समर्पित रहने प्रतिज्ञा गरेका छन्।

२०७८ साल भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भएको थियो। सो समयमा रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरूले नेपालकै हात समाउँदै नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। तर पछिल्ला वर्षमा उनीहरू उक्त दलप्रति असन्तुष्ट हुँदै आएका थिए।

पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि र एकीकृत समाजवादीको संगठनात्मक अस्तित्व कमजोर बन्दै गएपछि उनीहरूले ‘घर फर्किने निर्णय’ लिएको बताएका छन्। एमालेले पनि हालै ‘घर फर्क अभियान’ संचालन गर्दै पुराना नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको थियो।

कार्यक्रममा एमालेका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो भने सभागृह भरि पार्टी कार्यकर्ताहरूले ‘एमाले जिन्दावाद’ का नाराले वातावरण उत्साहित बनाएका थिए।

काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको २५ ओैं बार्षिक साधरण सभा एवं १६ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ ।
अधिवेशनले बसन्त रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा विष्णु कुमारी आचार्य बास्तोला, उपाध्यक्ष भिम प्रसाद आचार्य, महासचिव शालिकराम बास्तोला, सचिवमा नुर बहादुर विश्वकर्मा ,कोषाध्यक्षमा शिव गिरी सहकोषाध्यक्षमा तारा बुढाथोकी ,सदस्यहरुमा गोकुल विसी, ख्याम परियार, करण अधिकारी, पदम पाण्डे, दिपेश रानाभाट, शालिकराम बराल निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री हरि प्रसाद पाण्डे , विशिष्ठ अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोवावु श्रेष्ठ, उद्योग परिंसंघ गण्डकी प्रदेश अध्यक्ष धर्मराज वर्तौला, पोखरा उद्योग वाणिज्य संधका वरिष्ठ उपाध्यक्ष उत्तममान वुद्दाचार्य रहनु भएको थियो ।
कार्यक्रमको अतिथीहरुमा ग्रील तथा स्टील व्यवसायी संघ काठमान्डौ जिल्ला अध्यक्ष सुनिल कुमार अमात्य, मकवानपुर जिल्ला अध्यक्ष रमेश प्रसाई, पाल्पा जिल्ला अध्यक्ष, चितवन उपाअध्यक्ष लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु,राष्टिृय समचार समिति पोखराका प्रमुख वासुदेव पौडेल लगायत पत्रकारहरु,एशोसिएसनका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु मानार्थ सदस्यहरु रहनु भएको थियो ।
कार्यक्रममा कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, विद्यार्थीहरु, श्रमिकहरु र उद्योगीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रमा जन्मिएको नयाँ परिस्थितिमा अब उद्योगी व्यवसायी र सरकारमा बस्नेहरुले समेत नयाँ ढंगबाट सोचेर अगाडी बढ्नु पर्ने औलाउनु भयो ।
अधिवेशन संगै ग्रील तथा स्टील व्यवसायी महासंघको गण्डकी प्रदेश समिति ठगन प्रकृया समेत अगाडी बढाईएको छ । प्रदेश भेला आयोजना गरि प्रदेश समिति निर्माण गर्ने उदेश्य सहित हाल तदर्थ समिति गठन गरिएको महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले जानकारी गराउनु भयो ।

दक्षिण कोरिया / नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्।

मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने भएको छ।

यस विशेष अवसरमा मन्त्री खरेलको प्रमुख आतिथ्यता रहनेछ भने कार्यक्रममा कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवाहरू र आम नेपालीको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका अनुसार, यस साक्षात्कार कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ।

यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबीच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

कार्यक्रम आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको प्रसिद्ध सहर सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभाहलमा हुने आयोजक संस्थाले जानकारी दिएको छ।

पोखरा / डा. हरि कार्कीको संरक्षकत्वमा संचालित GenZ 2.0 (सबै पुस्‍ताका सरथी) राष्ट्रिय अभियान अन्तर्गत गण्डकी प्रदेशस्तरीय भेला आज पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न उक्त भेलाले गण्डकी प्रदेश समिति अनुमोदन गर्दै विभिन्न जिल्ला प्रतिनिधिहरूको चयन पनि सम्पन्न गरेको छ।

कार्यक्रमका अध्यक्षता प्रदेश संयोजक सञ्जय सुवेदीले गर्नु भयो भने, संचालन केन्द्रीय प्रचार–प्रसार विभाग प्रमुख विजय पराजुलीले गर्नुभएको थियो।

कार्यक्रममा सबै पुस्ताका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
भेलाको मुख्य आतिथ्य आन्दोलनका घाइते अमन क्षेत्रीले गर्नुभएको थियो, जसले नयाँ पुस्ताको अभियानमा पुराना संघर्षको भावना जोड्दै ऐतिहासिक सन्देश दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथिहरूका रूपमा
GenZ 2.0 का केन्द्रीय कार्यसम्पादन सदस्य हेमराज खड्का,
स्वतन्त्र नागरिक समाजका जयलाल पुन,
GenZ 2.0 का केन्द्रीय सल्लाहकार पूर्व DIG कपिन्द्र मान श्रेष्ठ,
GenZ 2.0 का केन्द्रीय संयोजक निर्दोष विक्रम पौडेल,
डा. माधुसुदन सुवेदी,
जनसंपर्क प्रमुख चिरञ्जीवी भट्टराई,
वार्ता समिति सदस्य खे‍म तिमिल्सिना,
प्रदेश संयोजक सञ्जय सुवेदी, र
सह–संयोजक चेतबहादुर महतलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

भेलामा GenZ 2.0 अभियानका तीन मूल उद्देश्यहरू —
⿡ नागरिक सशक्त सरकारको सुनिश्चितता,
⿢ जनमागको संस्थागत स्थायित्व, र
⿣ राष्ट्रिय एकता तथा सहमतिको अभियान —
लाई केन्द्रमा राखी विस्तृत छलफल तथा नीतिगत निर्णयहरू गरिएका छन्।

भेलाका संरक्षक डा. हरि कार्कीले भन्नुभयो —

“गण्डकी प्रदेश नै राष्ट्रिय जागरणको उद्गम स्थल हो। यहाँबाट सुरु भएको एकताको लहरले अब देशभर नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी र राष्ट्रप्रतिको उत्तरदायित्व दुबै जगाउनेछ।”

केन्द्रीय संयोजक निर्दोष विक्रम पौडेलले जोड दिनुभयो —

“GenZ 2.0 कुनै एक पुस्ताको होइन, सबै पुस्ताको साझा यात्राको नाम हो — जहाँ युवाको उर्जा, मध्यपुस्ताको अनुभव र अग्रजको मार्गदर्शन एकै ठाउँमा मिसिन्छ।”

केन्द्रीय कार्यसम्पादन सदस्य हेमराज खड्काले भने —

“यो अभियानले असन्तुष्ट पुस्ता होइन, सक्रिय पुस्ता निर्माण गर्छ। हाम्रो लक्ष्य राष्ट्रनिर्माणमा सबै पुस्ताको सार्थक सहकार्य हो।”

त्यस्तै, डा. माधुसुदन सुवेदीले शिक्षा, नीति र नागरिक सहभागिताको सन्तुलनलाई राष्ट्रिय रूपान्तरणको आधार मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले जिल्ला प्रतिनिधिहरूलाई आन्दोलनको मर्मअनुसार जिम्मेवारीपूर्वक कार्य गर्न सुझाव दिएका थिए।
भेलाले गण्डकी प्रदेशलाई शक्तिशाली, संगठित र प्रभावशाली संरचनात्मक रूपमा अघि बढाउने संकल्प लिएको छ।
सहभागीहरूका अनुसार यो भेटघाटले राष्ट्रियता, सकारात्मक सोच, पारदर्शिता र पुस्ता–पुस्ताबीचको सहकार्यको नयाँ दिशातर्फ अभियानलाई अग्रसर बनाएको छ।

GenZ 2.0 — “म पनि बदलिन्छु, देश पनि बदलिन्छ।” 🇳🇵
गण्डकीबाट सुरु भएको यो एकताको सन्देश अब राष्ट्रिय रूप लिँदैछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।