२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

‘राष्ट्रिय नाचघरमा चम्कियो प्रतिभा, सानी शेर्पाले जितिन् ताज

काठमाडौं
काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल–२०२६’ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। सोमबार सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै सानी (कान्डु) शेर्पाले मुख्य उपाधि जित्न सफल भएकी छन्। उनले ‘स्मार्ट’ विधाको अवार्ड समेत हात पार्दै प्रतियोगितामा आफूलाई अब्बल सावित गरिन्।
फस्ट रनरअपका रूपमा शुष्मा बुढाथोकी चयन भइन्, जसले ‘पर्सनालिटी’ तथा ‘लिडरशिप’ विधामा समेत अवार्ड जितिन्। त्यसैगरी सेकेन्ड रनरअप जमुना तामाङले ‘कन्फिडेन्ट’ विधामा उपाधि हासिल गरिन्।
प्रतियोगितामा प्रनिता बस्नेत (पब्लिक च्वाइस), गुणमाया थापा मगर (भ्युयर च्वाइस) लगायत अन्य प्रतिस्पर्धीहरूले विभिन्न विधागत अवार्ड जितेका थिए।
कार्यक्रममा विकास देव योञ्जन तामाङ, देविका राई, पुजना प्रधान गुरुङ, गंगा लामा, कल्पना आचार्य, राज किङ वाइबा तथा मेनुका श्रेष्ठलगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कोरियोग्राफीतर्फ रोजन शाक्य र अमिर दोङले कार्यक्रमलाई आकर्षक बनाएका थिए भने शान्वी होटलले प्रतियोगीहरूका लागि टेबल म्यानर सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको थियो।
कार्यक्रममा गायक प्रकाश वाइबा र कोशिश थोकारले सांगीतिक प्रस्तुति दिएका थिए।
प्रतियोगिताका विजेतालाई नगद रु. ५०,०००, फस्ट रनरअपलाई रु. २५,००० तथा सेकेन्ड रनरअपलाई रु. १५,००० पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, विभिन्न संघ–संस्था, समाजसेवी तथा पर्दा पछाडि खटिने सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा समेत यस्तै साथ, सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गरिएको

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।