२०८३ आश्विन १५ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १५ बिहीबार

सुनसरी–४ मा मतदानस्थलमै मतपेटिकामा लात हानेको आरोप, पुनः मतदान जारी

सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ को नेतृत्व चयनका लागि मतदान भइरहेका बेला विवाद उत्पन्न भएको छ।
वर्तमान क्षेत्रीय सभापति ऐयुब अन्सारीले मतदानस्थलमा रहेको मतपेटिकामा लात हानेर हिँडेको आरोप लागेको छ। मतपेटिकामै लात हानेपछि घटनाले मतदानस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको बताइएको छ।
उक्त घटनाप्रति उपस्थित प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै मतदानजस्तो संवेदनशील निर्वाचन प्रक्रियामा यस्तो गतिविधि हुनु आपत्तिजनक भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी आवश्यक निर्णय लिन निर्वाचन समितिसमक्ष माग गरेका छन्।
घटनापछि मत र मतपेटिकालाई मतदान अधिकृत तथा निर्वाचन समितिले सुरक्षित नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि अहिले पुनः मतदान प्रक्रिया सञ्चालन भइरहेको बताइएको छ।
घटनाबारे निर्वाचन समितिले छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।