२०८३ श्रावण ४ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ४ सोमबार

कोरियाको भिसा त्यागेर स्वदेशमै उद्यम: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि प्राप्त दक्षिण कोरियाको आकर्षक रोजगारीको अवसर त्यागेर स्वदेशमै उद्यम गर्ने निर्णय गरेका युवा व्यवसायी प्रदीप मैनालीले आफ्नो कम्पनी Fatafat Mistri Pvt. Ltd. मार्फत अब घर निर्माण व्यवसायमा समेत औपचारिक रूपमा प्रवेश गर्ने भएका छन्।

कम्पनीले आगामी २०८३ साल भदौदेखि घर निर्माणसम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनिबाट उपलब्ध गराउने तयारी गरेको मैनालीले जानकारी दिएका छन्। यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र दक्ष मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेन्टिङ, हाउस मेन्टेनेन्सलगायतका प्राविधिक सेवा प्रदान गर्दै आएको थियो। अब त्यसलाई विस्तार गर्दै घर निर्माणको सम्पूर्ण जिम्मा लिने गरी सेवा सञ्चालन गरिने उनले बताए।

मैनालीका अनुसार स्वदेशमै रोजगारी सिर्जना गर्ने, दक्ष जनशक्तिलाई अवसर उपलब्ध गराउने तथा सर्वसाधारणलाई भरपर्दो र गुणस्तरीय निर्माण सेवा दिने उद्देश्यले कम्पनीले सेवा विस्तार गरेको हो।

“विदेश जाने अवसर हुँदाहुँदै पनि मैले आफ्नै देशमा केही गर्ने निर्णय गरेँ। आज धेरै युवालाई रोजगारीसँग जोड्न सफल भएका छौं। अब घर निर्माणको सम्पूर्ण सेवा पनि एउटै कम्पनीमार्फत प्रदान गरेर ग्राहकको विश्वास अझ मजबुत बनाउने लक्ष्य छ,” मैनालीले भने।

कम्पनीका अनुसार ग्राहकले अब घर निर्माणका लागि छुट्टाछुट्टै प्राविधिक खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। योजना, निर्माण, मर्मत तथा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन एउटै कम्पनीमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

कम्पनीको ब्रान्ड एम्बासडर वरिष्ठ पत्रकार ऋषि धमला रहेका छन्। त्यसैगरी अस्ट्रेलियामा रहेका बिमल पोखरेल कम्पनीका सल्लाहकारको भूमिकामा छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) युवा व्यवसायी किरण कार्की रहेका छन् भने प्रबन्ध निर्देशक (MD) राजन श्रेष्ठ, जो हाल फ्रान्समा छन्, कम्पनीको व्यवस्थापनमा सक्रिय छन्।

हाल Fatafat Mistri Pvt. Ltd. ले काठमाडौं उपत्यकाभर आफ्ना सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा सेवा क्षेत्र थप विस्तार गर्दै देशका अन्य स्थानमा समेत आफ्नो पहुँच पुर्‍याउने योजना बनाएको जनाएको छ।

थप जानकारीका लागि :
मोबाइल : ९८५१२१२५५७
फोन : ०१–५९२८१६०

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।