२०८३ श्रावण ६ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ६ बुधबार

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा उनलाई सोमबार सुर्खेतमा भएको पार्टी कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।  अनुसन्धान उनको सम्पत्ति तथा आर्थिक कारोबारको स्रोतसम्बन्धी विषयमा केन्द्रित रहेको स्रोतहरूको भनाइ छ।

पौडेल एमालेको संगठन पुनर्गठन तथा चुनावी समीक्षा कार्यक्रमका लागि सुर्खेत पुगेका थिए।
यस विषयमा नेकपा एमालेको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।