२०८३ श्रावण ४ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ४ सोमबार

‘धार्मिक ट्राभल इकोसिस्टम’ अवधारणासहित इन्टरसिटी बस टिकटिङ र भाडा गाडी सेवा सञ्चालनमा

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रमा प्रविधि र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यसहित गुरूबस प्रालिले आफ्नो इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीले आफूलाई नेपालको पहिलो “Dharmic Travel Ecosystem” का रूपमा परिचित गराउँदै यात्रासम्बन्धी सम्पूर्ण सेवालाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा मञ्चको मध्यभागमा “Eternal Founder” उल्लेख गरिएको श्री कालभैरवको तस्बिर फूलमाला, धुप तथा दियोसहित सजाइएको थियो। कम्पनीले आफ्नो अवधारणालाई आध्यात्मिक मूल्य र सामाजिक सेवासँग जोडेर प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनय गौतमले गुरूबसको अवधारणा आफूले सिर्जना गरेको नभई आफू त्यसको कार्यान्वयनकर्ता मात्र भएको बताए।

“यो कम्पनी मेरो होइन, उहाँको हो। म उहाँको हात मात्र हुँ,” उनले भने।

उनले गुरूबसको उद्देश्य अन्य बस बुकिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नु मात्र नभई यात्रुको सम्पूर्ण यात्रा अनुभवलाई सहज, सुरक्षित र अर्थपूर्ण बनाउनु रहेको स्पष्ट पारे।

“यात्रा भनेको केवल टिकट काट्नु होइन; घर छोड्नु, बाटो हिँड्नु, मन्दिर पुग्नु, आफन्त भेट्नु र सकुशल घर फर्किनु हो,” गौतमले भने।

कम्पनीले आफूलाई बजार प्रतिस्पर्धाभन्दा सेवा केन्द्रित संस्थाका रूपमा परिभाषित गर्दै अन्य प्लेटफर्महरूप्रति सम्मान व्यक्त गरेको छ।

गुरूबसले आफ्नो स्वामित्व संरचनामा श्री कालभैरवलाई ११ प्रतिशत हिस्सासहित ‘Eternal Founder’ को हैसियत दिएको जनाएको छ। कम्पनीका अनुसार उक्त हिस्साबाट प्राप्त हुने नाफा मन्दिर संरक्षण, बेवारिसे पशुको स्याहार, वृद्धवृद्धाको सहयोग, अनाथ तथा विपन्न बालबालिकाको शिक्षा र पुनर्स्थापनालगायत सामाजिक सेवामूलक कार्यमा खर्च गरिनेछ।

कम्पनीले सार्वजनिक भएको दिनदेखि नै सात प्रमुख रुटमा १४ गन्तव्यसम्म इन्टरसिटी बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यात्रुहरूले QR टिकट, eSewa, Khalti, FonePay तथा बैंकिङ माध्यमबाट सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यससँगै व्यक्तिगत तथा समूह यात्राका लागि भाडा गाडी (Rental Vehicle) सेवा पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

भविष्यमा यही प्लेटफर्ममार्फत आध्यात्मिक तीर्थयात्रा प्याकेज, ट्रेकिङ, होटल बुकिङ तथा हवाई टिकट सेवा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

इन्टरनेट पहुँच सीमित भएका क्षेत्रका यात्रुलाई लक्षित गर्दै WhatsApp, SMS तथा USSD मार्फत पनि टिकट बुकिङ सुविधा उपलब्ध गराइने र देशभर एजेन्ट नेटवर्क विस्तार गरिने योजना कम्पनीले सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपालमा वार्षिक करिब १ करोड ५४ लाख बस यात्रा हुने अनुमान गरिएको छ, जसमध्ये अधिकांश टिकटिङ प्रक्रिया अझै पनि म्यानुअल प्रणालीमा आधारित छ।

व्यवसायिक मोडेलबारे जानकारी दिँदै कम्पनीले बस अपरेटरहरूलाई निःशुल्क रूपमा प्लेटफर्ममा आबद्ध गराइने र सफल बुकिङपछि मात्र ८ प्रतिशत कमिसन लिने नीति अपनाइएको जनाएको छ।

गुरूबसले आफ्नो ब्रान्ड नाराका रूपमा “Guaranteed Seat. Secure Payment. 11% Seva. Divine Suraksha. Your Journey Is Divine.” प्रस्तुत गरेको छ।

थप जानकारीका लागि:

  • फोन: +९७७ ९८५१०१३७२६
  • इमेल: info@gurubus.com.np
  • वेबसाइट: gurubus.com.np
  • सेवा प्रतिवेदन: gurubus.com.np/seva
 
 

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।