काठमाडौं । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

पाटेकरको गोवास्थित निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनलाई कार्डियाक अरेस्ट भएको थियो। उपचारका क्रममा उनको निधन भएको बताइएको छ।
‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘वेलकम’, ‘नटसम्राट’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका पाटेकर भारतीय सिने क्षेत्रमा प्रभावशाली कलाकारका रूपमा परिचित थिए।
उनले अभिनयतर्फ तीन राष्ट्रिय चलचित्र पुरस्कार सहित विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए। उनलाई भारत सरकारले पद्मश्री सम्मानसमेत प्रदान गरेको थियो।
पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ











