- मानवीय सेवामा नेपाल तरुण दल सिन्धुपाल्चोक : बाढीपीडितका लागि ८० हजार ७ सय रुपैयाँ सहयोग
- सिन्धुपाल्चोक — रसुवागढी क्षेत्रमा गएको विनाशकारी बाढीका कारण विपद्मा परेका नागरिकहरूको सहयोगका लागि नेपाल तरुण दल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ।
- मिति २०८३ साल भदौ १० गते बिहान रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आन्तरिक रूपमा संकलन गरेको रु. ८०,७०० (अक्षरेपी अस्सी हजार सात सय रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको हो।
- संकलित उक्त रकम नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष श्री मनिष कोइरालाज्यूलाई नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष श्री सञ्जय लामाज्यूले हस्तान्तरण गर्नुभएको जनाइएको छ।
- विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। विपद्को समयमा राहत तथा सहयोगका लागि हातेमालो गर्दै अघि बढ्नु मानवीय दायित्व भएको भन्दै तरुण दलले सहयोगी सम्पूर्ण मनहरूप्रति आभार व्यक्त गरेको छ।
- विपद्मा परेका नागरिकहरूको सहयोगका लागि आर्थिक तथा मानवीय सहयोग जुटाउने अभियानमा योगदान पुर्याउनुहुने नेपाल तरुण दल सिन्धुपाल्चोकका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।











